प्रवास

साउदीमा कोरोनाबाट एक नेपालीको ज्यान गयो

साउदीमा कोरोनाबाट एक नेपालीको ज्यान गयो

साउदी अरबको जेद्दामा को’रोना सं’क्रमित एक नेपालीको मृ’त्यु भएको छ । जेद्दास्थित महावाणिज्य दूतावासका अनुसार मदिनामा कार्यरत एक नेपालीको उपचारको क्रममा ज्या’न गए’को हो ।

जेद्दा क्षेत्रभित्र मात्रै सं’क्रमित नेपालीको संख्या ४५ पुगेको छ । १० जना निको भइ क्याम्पमा फर्केका छन् ।
‘उपचारमा रहेका नेपाली मध्ये मदिनामा उपचाररत एक जनाको निधन भएको दु:खद् खबरले हामी स्तब्ध भएका छौं’, दूतावासद्वारा आइतबार जारी विज्ञप्तीमा भनिएको छ,

दूतावासले कोरो’ना सं’क्रमण रोकथाम र उपचारका लागि विश्व स्वास्थ्य सङ्गठन लगायत साउदी सरकारले चालेका कदमलाई पूर्ण पालना गरी संयमित र सुरक्षित रहन सबै नेपालीलाई अनुरोध गरेको छ ।

दूतावासले कोरोना सं’क्रमणको लक्षण देखिँदा पनि कम्पनीले बेवास्ता गरी स्वास्थ्य उपचार नगराइ छुट्टै आइसोलेसनमा बस्‍न बाध्य पारेमा जानकारी दिन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal