राजनीति

नेपालले भारतलाई भन्‍यो- ‘लिपुलेकको गतिविधि रोक्नू’

नेपालले भारतलाई भन्‍यो- ‘लिपुलेकको गतिविधि रोक्नू’

‘नेपाली भूमिमा कुनै पनि गतिविधि नगर्न नेपाल सरकार भारत सरकारलाई आग्रह गर्दछ- परराष्ट्रमन्त्रालय

काठमाडौं : भारत सरकारले लिपुलेकस्थित नेपाली भूमि हुँदै तिब्बतसम्मको सडक खोलेकोमा नेपाल सरकारले चासो देखाएको छ ।शनिबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै महाकाली नदीपूर्वका क्षेत्र लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भएको जनाएको छ ।

१८१६ को सुगौली सन्धि बमोजिम त्यस क्षेत्र नेपालको रहेको भन्दै परराष्ट्र मन्त्रालयले भारत सरकारलाई नेपाली भूमिभित्र भएका गतिविधि रोक्न आग्रह गरेको छ ।

‘नेपाली भूमिमा कुनै पनि गतिविधि नगर्न नेपाल सरकार भारत सरकारलाई आग्रह गर्दछ’, शनिबार परराष्ट्रमन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । मन्त्रालयले ऐतिहासिक घ’टनाक्रमलाई जोड्दै उक्त भूमि नेपालको भएकाले त्यस्ता गतिविधि रोक्न आग्रह गरेको हो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal