अन्तर्वार्ता

अन्तर्वार्ता- ‘सर्वेन्द्रलाई मिथ्या ‘आरोप’ लगाएर बदला लिन खोज्दैछन्’

अन्तर्वार्ता- ‘सर्वेन्द्रलाई मिथ्या ‘आरोप’ लगाएर बदला लिन खोज्दैछन्’

अमेरिकाको न्युयोर्क निवासी राधाकृष्ण देउजा सुरक्षा अध्येता तथा विश्लेषक हुनुहुन्छ । हामीले उहाँसँग नेपालको सांसद अ’पहरण प्रक’रणबारे कुराकानी गरेका छौं । प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंश ।

नेपाल प्रहरीका पुर्व महानिरिक्षक सहित नेकपाका दुइ साँसदहरुलाई अ’पहरणको आरोप लागेदेखि नै निरन्तर त्यो आरोप उचित हैन भनेको भन्यै हुनुहुन्छ नि ? त्यस्तो किन ?

हुँदै नभएको कुरालाइ हो कसरि भन्नु त ? तपाईंनै भन्नुस न मुलुकको चिनेको पुर्व आइजीपी सर्वेन्द्र खनाल अनि महेश बस्नेत , किसान श्रेष्ठहरु अप’हरण गर्न जान्छन ? अनि अपह’रणनै गर्न गएको भए दुनियाले देख्ने गरि जाने , दुनियाले देख्ने गरेर आउने थिए ? अनि अप’हरण गरेर ल्याएको भानिएको व्यक्तीलाइ सिसिटिभी क्यामेरा जताततै हुने पांच तारे होटलमा लगेर छोडेर कोहि हिंडछ ?

त्यसमाथि जसको अ’पहरण भएको भनिएको छ वहाँ त आफ्नो बडीगार्ड , आफन्त सहित आउनु भएको छ , होटलमा आफैंले चेक इन गर्नु भएको छ र आफ्नो बडीगार्ड सहित बस्नु भएको छ । त्यस्तो पनि अपह’रण हुन्छ ? राजनीतिक नेताहरुले आफ्नो स्वार्थले गर्दा जे पायो त्यही भने भन्दैमा त्यही पत्याइदिने हो ? यो घटनालाइ अपहरण मान्दा त हाम्रै वौद्धिकता मजाक बन्छ ।

दिनमा प्रहरी वा अन्य निकायमा कति मु’द्दा दर्ता हुन्छन ? के त्यस्ता मु’द्दाहरुमा वादीले प्रतिवादी उपर लगाएका मु’द्दाहरुमा लगाइएको आ’रोपहरु सवै प्रमाणित भएका छन त ? त्यसैले यो पनि मु’द्दा दर्ता भएको तर आ’रोप स्थापित नहुने मु’द्दा हो ।

अव त्यो ‘घटना’ अप’हरण हो भन्दै जताततै मु’द्दानै दर्ता भैसक्यो , अनि तपाईं चाहिं अझै पनि अ’पहरणनै हैन भन्दै हुनुहुन्छ त ?

दिनमा प्रहरी वा अन्य निकायमा कति मु’द्दा दर्ता हुन्छन ? के त्यस्ता मु’द्दाहरुमा वादीले प्रतिवादी उपर लगाएका मु’द्दाहरुमा लगाइएको आ’रोपहरु सवै प्रमाणित भएका छन त ? त्यसैले यो पनि मु’द्दा दर्ता भएको तर आ’रोप स्थापित नहुने मु’द्दा हो । हुन त मु’द्दा दर्ता गराउने प्रहरी अधिकारीले घ’टनाको अनुसन्धान गर्ने के के भन्नु भएको पनि हेरियो तर यो प्रथम दृष्टिमै आरो’प प्रमाणित हुन नासकेको भनेर खारेजीमा पर्ने मु’द्दा हो । प्रहरी मुद्दानै नलिने रहेछ कि भन्ने खालको सन्देश दिएर जिम्मेवार र सम्मानित नै हुनुपर्नेहरु समेत लागे पछि प्रहरी लगायतका निकायहरुले मु’द्दा त लिने नै भए , तर जे होस अव यसैको माध्यमबाट नै यो अ’पहरण थिएन भन्ने हाम्रो दावी प्रमाणित हुने भयो ।

नि यो घ’टना अप’हरण थिएन भने के हो त यो ?

यो समाजवादी दल बिभाजन गरेर क्रमश नेकपा प्रवेश गर्ने तयारीमा रहेका साँसदहरु र उनीहरुको त्यस अभियानलाइ सहयोग गरिरहेका नेकपाका साँसदहरु सहितको कुराकानी र त्यसको अर्को चरणमा कुराकानीको निम्ति गरिएको यात्रा अनि त्यसपश्चात भएको सहमतिलाइ टुंगोमा पुर्याउन गरिएको अर्को सुखद यात्रालाइ तोडमरोड गरेर गरिएको अपव्याख्या सहितको प्रचार मात्रै हो । अनि त्यही यात्रामा फरक प्रयोजनले सहभागी हुन पुग्नु भएको पुर्व आइजीपी सर्वेन्द्र खनाल राजनीतिक लडाईले सिर्जना गरको आ’रोप प्रत्यारोपको चपेटामा परेर त्यसै बदनाम हुन पुगे ।

वहाँहरु जानु भयो पार्टी एकता गर्न आउने बाटो , त्यसको फाइदा सहित सबै ब्याख्या गर्ने काम नेकपा दुइ साँसदहरु र समाजवादी दलका सचेतक सहितले समाजवादीका अर्का साँसद सुरेन्द्र यादवलाइ गरेपछि वहाँहरु सल्लाहले काठमान्डौ आउनु भयो ।

अलिक सिधा भन्नुस न !

आफ्नो पार्टीको वि’वाद र अस’न्तुष्टिहरुको कारणले गर्दा पार्टी बिभाजन हुँदै नेकपामा आउने विषयमा तत्कालिन समाजवादी दल र नेकपाको केहि साँसदहरुसंग छलफल भैरहेको हुनुपर्छ , त्यसैले काठमान्डौबाट महोत्तरी जानेमा नेकपाका दुइ साँसदहरु सहित समाजवादी पार्टीका सचेतक उमाशंकर अरगरिया पनि जानु भएको रहेछ नि त । वहाँहरु जानु भयो पार्टी एकता गर्न आउने बाटो , त्यसको फाइदा सहित सबै ब्याख्या गर्ने काम नेकपा दुइ साँसदहरु र समाजवादी दलका सचेतक सहितले समाजवादीका अर्का साँसद सुरेन्द्र यादवलाइ गरेपछि वहाँहरु सल्लाहले काठमान्डौ आउनु भयो । भइदियो के भने वहाँहरु काठमान्डौ आउँदा आउंदै सामाजवादी दल र राष्ट्रिय जनता पार्टीको विचमा एकता सम्पन्न भयो जसले गर्दा सामाजवादीबाट अलग भएर मन्त्री हुने सुरेन्द्र यादवको सपना साकार नहुने भएपछी वहाँले आफ्नो राजनीतिक भविष्य बचाउन आफु द’वावमा परेर नेकपाका साँसदहरुसंग काठमान्डौ आएको भन्दिनु भयो , जसलाइ बाबुराम भट्टराई जस्तो सम्मानित नेताले राजनीतिक फाईदाको लेखाजोखा गरेर अपहरणको संज्ञा दिनु भयो ।

अनि तपाईंले नेकपाका साँसदहरु महेश बस्नेत , किसान श्रेष्ठ र पुर्व आइजीपी खनाल सहित समाजवादी दलका सचेतक पनि संगै सुरेन्द्र यादवलाइ लिन महोत्तरी गएको कुरा बताउनु भयो , तर अप’हरणको आरोप लगाउनेहरुले त त्यो कुरा कहीं भन्नु भएको छैन त ?

हेर्नुस पहिलो कुरा वहाँहरु लिन गएको भन्दा पनि कुराकानी गर्न जानु भएको र कुराकानीको दौरान एक खालको सहमति भएपछी सवै सहमतिमै काठमाण्डौ आउनु भएको हो । अनि अर्को कुरा सामाजवादी दलका सचेतक उमाशंकर अरगरिया नेकपा साँसदहरुसंगै सहित महोत्तरी जानु भएको कुरालाइ लुकाउन खोजेकै हुनाले त अपहरणको आ’रोप मिथ्या भनेर भन्न सकिएको छ । जसले महेश बस्नेत , किसान श्रेष्ठ र सर्वेन्द्र खनाललाइ अपहरणको आ’रोप लगाउनु भएको छ वहाँहरुले संगै गएका संघीय साँसद अरगरिया , प्रदेश सभा सदस्य कौशल यादव समेत त्यस यात्रामा संगै रहनु भएको तथ्य जस्ताका तस्तै भन्नु भएको हुन्थ्यो भने त कुरै अर्को हुन्थ्यो नि ।

राजनीतिक नेताहरु त राजनीतिक सहमति सहकार्यनै गर्न जानु भएको रहेछ भन्ने मानौं, तर पुर्व आइजीपी सर्वेन्द्र खनाल चाहिं त्यहाँ किन जानु भएको होला त ? के लाग्छ तपाइँलाइ ?

वहाँ किन जानु भयो कसरि जानु भयो भन्ने बारेमा स्वयम पुर्व आइजीपी साबले धेरै मिडियाहरुमा प्रष्टीकरण दिनु भएको छ , म यसमा के नै भन्न सक्छु र । तर वहाँले भन्नु भएको कुराहरु समेतलाइ ध्यानमा राख्दै मेरो अनुमान के छ भने वहाँ घरबाट महोत्तरीनै जाँन भनेर हिडनु भएको थिएन , आफु संगै गएको साथी ( साँसद किसान श्रेष्ठ ) बाटो बाटै अर्का साँसद महेश बस्नेत र उमाशंकर अरगरिया सहित राजनीतिक कुराकानीको लागि महोत्तरी जाने भएपछी फुर्सदको समयमा साथीभाइसंग गइन्छ आइन्छ , के नै हुन्छ र भन्ने सोचेर संगै जानु भएको थियो जस्तो लाग्छ । प्रहरी सेवामा रहेर तिस बर्षसम्म निस्पक्ष , इमान्दार, र बहादुरीपूर्ण काम गरेको, अपराध गरेर लुक्न , लुकाउन सकिदैन भन्ने बुझेको मान्छे गलत मनसायले कहीं जान्छ भन्ने चाहिं मलाई बिल्कुल लाग्दैन ।

हेर्नुस , यो मु’द्दा त कुनै तुकको मु’द्दानै हैन , तथ्य प्रमाणले पुष्टि गर्न सक्दैन अनि अर्थहिन हुन्छ ।

तर अहिले यो समग्र प्र’करणमा सबै भन्दा धेरै बिरोध र आलोचना सर्वेन्द्र खनालकै भएको छ नि , के भन्नु हुन्छ ?

यसमा के बुझ्नु पर्छ भने सर्वेन्द्र खनाल प्रहरी जीवनमा गरेका कर्मले सम्मानित नाम हो , त्यसकारण उनले गरेका हरेक कुराहरु प्रति जनताको चासो सामान्य नै हो । अहिले एकथरि मानिसहरु यस घ’टनाको सत्य तथ्य हेर्ने भन्दा पनि यही वहानामा सर्वेन्द्र खनाललाइ वदनाम गर्न सकिन्छ कि भन्ने हिसाबले लागि रहेको देखिन्छ । त्यस्तो हुनु अस्वाभाविक पनि हैन किन भने निस्पक्ष रुपमा काम गर्दा एउटा प्रहरीले मित्र भन्दा दुश्मन ज्यादा कमाएको हुन्छ , स्वाभाविक रुपमा सर्वेन्द्र खनालले पनि कैयौं दु’श्मन कमाउन पुगेकै थिए ।

कैयौं गुण्डा , तस्कर र अ’पराधी मात्रै हैन हालको नेकपाकै दुइ साँसद ( तत्कालिन एमालेका ) अहिले पनि जेलमा छन, मन्त्रीका भाइ , सभामुख देखि काँग्रेस साँसद मोहमद आलम समेतलाइ जेल पठाउने काम उनकै प्रत्यक्ष नेतृत्वमा भएको हो ।उनको कारणले कानुनि सजायँ भोग्न बा’ध्यहरु अहिले सर्वेन्द्र खनालको वदनामी गराउन लागेका छन , जसले सर्वसाधारण जनताको पङ्क्ति पनि अलिक अलमलमा परेको त पक्कै छ नै । तर जव यो मु’द्दा अर्थहिन थियो भन्ने पुष्टि हुन्छ तव सवै प्रष्ट भैहाल्छ । तर यहाँनेर व्यापक विरोध भएको छ भन्नेहरुले पनि विरोध गर्नेहरु को छन् , उनीहरुको विगत के छ , विरोध गर्नेको विरोधको निशानामा रहेका व्यक्तीसंग के कस्तो सम्वन्ध थियो भन्ने पनि हेरिनु पर्छ । जहाँसम्म नबुझेको पङ्क्ति छ त्यो पङ्क्तिले त कुरा बुझेपछि समर्थन र सहानाभुती पनि त गर्छ नि ।

अव अन्तिममा भन्नुस त यो मु’द्दा के कसरि टुंगिएला ?

हेर्नुस , यो मु’द्दा त कुनै तुकको मु’द्दानै हैन , तथ्य प्रमाणले पुष्टि गर्न सक्दैन अनि अर्थहिन हुन्छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७