विचार/व्लग

लकडाउनले ७० लाख महिलामा ‘अनिच्छित गर्भ’को जोखिम: यौनमा संयमिता जरुरी

लकडाउनले ७० लाख महिलामा ‘अनिच्छित गर्भ’को जोखिम: यौनमा संयमिता जरुरी

गोपाल ढकाल,मनोबिद

राष्ट्र सङ्घीय जनसङ्ख्या कोषले कोभिड-१९ को महामारी विश्वव्यापि फैलिरहँदा धेरै महिलाहरु परिवार नियोजनको पहुँचबाट टाढा हुदा ७० लाख महिलामा अ’निच्छित ग’र्भरहने जनाएको छ।

विश्वव्यापी ‘कोरोना’ सं’क्रमणले यतिबेला लगभग सिंगै विश्व लकडाउनको अवस्थामा छ । मानसिहरु घरभित्रै सेल्फ क्वारेन्टाइनमा बसेकाछन् । मानिसको दैनिकीमा परिवर्तन आएको छ । कोरोनाको प्रभाव शारीरमा मात्र परेको छैन र पर्ने कुरा पनि होइन; व्यक्तिको सोच, विचार, भावना, व्यवहार, सम्बन्ध, यौनजीवन आदिजस्ता कुरामा पनि परेको छ ।

मानिसका लागि आधारभूत आवश्यकताका अन्य वस्तु झैं यौ’न क्रियाकलाप पनि अत्यावश्यक कुरा हो । तर, अहिलेको लकडाउन र सेल्फ क्वारेन्टाइनले यौ’नको परिपूर्तिमा असर गरेको अनुमान गर्न सकिन्छ ।’ ‘कोरोना’ एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले यौ’नजोडीमध्येको कुनै एक जनामा यदि कोरोनाको सं’क्रमण भएको रहेछ भने अर्को यौ’न पा’र्टनरलाई सर्ने जो’खिम हुन्छ । यौ’न क्रि’याकलापका दौरान गरिने स्पर्श, चु’म्बन आदिले त जो’खिम झनै बढाउँछ । एक प्रेमीले आफूलाई ‘कोरोना’ सारिदिएको भन्दै इटालीमा एक युवकले आफ्नी डाक्टर प्रेमिकाको ह’त्या गरेको दुःखद् समचार आएको छ ।

यद्यपि ‘कोरोना’ यौ’न स’म्बन्धबाट सर्ने रोग भने होइन । यौ’नज‍ोडीहरु, जो लामो समयदेखि सँगै बसिरहेका छन र दुवैमा कोरोनाका कुनै लक्षण र आशंका देखिएका छैनन् भने लकडाउनको समयमा पनि सुरक्षित रुपमा यौ’न स’म्बन्ध राख्न कुनै बाधा पर्दैन । तर, यस्तो समयमा अपरिचित, परपुरुष तथा प’रस्त्रीसगँको यौ’न स’म्बन्ध भने असाध्यै जोखिमपूर्ण हुन्छ । कोरोनाको सं’क्रमण सर्ने डरले अहिले यौ’नमा वैकल्पिक उपायका साधनहरुको प्रयोग बढेर गएको छ । विश्वमा नै अहिले यौ’न खे’लौनाको माग तथा बिक्री बढेको तथ्यांक देखिन्छ । पो’नसाईट भिजिट गर्नेको संख्या बढेको तथा पो’र्नस्टारहरुको कमाइ एवं माग बढेका समचारहरु आइरहेका छन् ।

लेखक- गोपाल ढकाल,मनोबिद

लकडाउनको समयमा अहिले व्यक्ति फुर्सदिलो भएको छ । के गरेर समय बिताउने ? धेरैमा छट्पटी पनि बढेर गएको छ । लकडाउनको समयलाई सिर्जनशील रुपमा बिताउन नजान्दा यौ’नमा अझ बढी ध्यान जान सक्छ । धेरैलाई कोरोनाको ड’र–त्रा’सले त’नाब बढाएको छ । तनावका बेला अन्य कार्यमा रुचि नजाने र यौ’नलाई नै आनन्द र मनोरञ्जनको माध्यम बनाउने जोखिम पनि बढ्छ । यौ’न स’म्पर्कका बेला मस्तिष्कबाट अक्सिटोसिन, डोपामिन, एन्डोरफिनजस्ता खुशी र आनन्द दिने रसायनिक तत्त्वको उत्पादन हुन्छ । यसकारण पनि यस्तो अवस्थामा व्यक्ति यौनकर्मप्रति लालायित हुन पुग्छ ।

यौ’न क्रि’याकलापका निम्ति यौ’नजो’डीबीच समझदारी र सहकार्य हुनु जरुरी हुन्छ । लामो समयदेखिको त’नावले यौनजोडीमा यौ’नक्षमता तथा चाहना कम भएको हुन सक्छ । कोरोनाको भय–त्रासका कारण यौ’नजोडी त’नावमा हुन सक्छ । असुरक्षित महशुस गरिरहेको हुन सक्छ । भविष्यलाई लिएर चिन्ता गरिरहेको हुन सक्छ । यस्तो अवस्थामा रिस, आवेग, चिटचिटाहट बढेर जान्छ । विपत्तिको यस्तो अवस्थामा यौ’नजोडीले एक–अर्काको ख्याल गर्नुपर्छ, भावनाको कदर गर्नुपर्छ । एक–अर्काको सहमति र इच्छाविपरीत यौ’नकार्य गर्नु हुँदैन । त्यसले वैवाहिक सम्बन्धमा समेत समस्या उत्पन्न हुन सक्छ । यो कुरामा विचार नपुग्दा यौ’न’हिं’सा तथा घरेलु हिं’साको कारण बन्न पुग्छ । कोरोनाको डर–त्रास र त’नावलाई बिर्सन र’क्सीको सहारा लिने गरेको पाइन्छ । नसामा भएका बेला व्यक्तिमा यौ’न उच्छृं’खलता बढ्छ । नसाले यौनमा जोरजब’र्जस्ती तथा यौ’नहिं’सा बढाउन सक्छ ।

लकडाउनको समयमा विश्वभरि नै महिलाहिं’सा र यौ’नहिं’सा बढेर गएको तथ्यांकले देखाएको छ । पा’रपाचुके गर्नका लागि निवेदन दिनेहरु पनि बढेका समचारहरु आइरहेका छन् । यी घटनाहरु बढनुका पछाडि केही खास कारणहरू छन् । लकडाउनका बेला यौ’नजीवनलाई संयमित बनाउन नजान्नु वा नसक्नु नै हुन सक्छ । विपत्ति र रोगको संक्र’मण बढेका बेला राखिने यौ’न स’म्बन्ध असुरक्षित पनि हुन सक्छ । चाहना नगरेको गर्भ रहन सक्छ, जसले यौ’नजोडीका दुवैलाई त’नाव थपिदिन्छ । इच्छा नहुँदा–नहुँदै ग’र्भ रहयो र बच्चा जन्माउनुपर्‍यो भने त्यसले आामा र बच्चा दुवैको शारीरिक तथा मा’नसिक स्वास्थ्यमा अ’सर पुर्‍याउँछ । प्लान नगरेको बच्चालाई जन्माउनु पर्दा बच्चा जन्मिसकेपछि पनि आमालाई पो’स्टनेटल डि’प्रेसन हुने जोखिम बढ्छ ।

अर्को कुरा, लकडाउनभन्दा अगाडि कामको व्यस्तता र दौडधुपका कारण धेरैको यौ’नजीवन तहसनहस भएको पनि हुन सक्छ । त्यसो हो भने लकडाउनलाई अवसरका रुपमा लिनुपर्छ । शा’रीरिक स’म्पर्कले शरीर मात्र एक बनाउने होइन, मनलाई समेत एक बनाउन सहयोग गर्छ । भावनात्मक रुपमा एक–अर्कालाई नजिक त्याउँछ र अझ बढी आफ्नोपनको महशुस गराउँछ, आत्मबल बढेर जान्छ र शरीरमा स्फूर्ति तथा जोस–जाँगर बढ्छ । तसर्थ, अहिलेको बिपत्तिको अवस्थामा पनि सुरक्षित र संयमित यौ’नलाई भने प्रोत्साहन गर्नुपर्छ ।

लेखक मनोविद् हुन्, उनी ‘मार्क नेपाल’ संस्थासँग सम्बद्ध छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal