प्रवास

इटहरीका लिलामानको कोरोनाबाट साउदीमा ‘मृत्यु’

इटहरीका लिलामानको कोरोनाबाट साउदीमा ‘मृत्यु’

इटहरी : कोरोना सं’क्रमणबाट साउदी अरबमा कार्यरत इटहरी ५ का लिलामान कटुवालको मृ’त्यु भएको छ । केही वर्षदेखि साउदीमा कार्यरत ५१ वर्षका कटुवाल पछिल्लो पटक एक वर्षअघि छोराको व्रतबन्धमा नेपाल आएर फर्किएका थिए । उनी अन्तिम पटक भन्दै साउदी पुगेका उनको त्यही मृ’त्यु भएको उनकी छोरी अन्जु कट्वालले जानकारी दिइन् ।

साउदीमा रहँदा कोरो’ना सं’क्रमण भएपछि लिलामानले परिवारलाई जानकारी दिएका थिए । १६ दिनअघि सं’क्रमित भएको थाहा दिएका उनले ७ दिनअघि अन्तिमपटक भेन्टिलेटरबाट भिडियो कल गरेका थिए ।

बुवाको मृ’त्युपछि छोरी अन्जुले फेसबुकमा भावुक स्टाटस सेयर गरेकी छिन् । उनले अन्तिम समयमा बुवाको अनुहार हेर्न नपाएको भन्दै दुःख प्रकट

त्यो भिडियोपछि परिवारसँगको सम्पर्क टुटेको परिवारले जानकारी दिएको छ । पछि निकै सोधखोज गरेपछि मात्र चार दिनअघि नै उनको मृ’त्यु भइसकेको जानकारी परिवारले सोमबार पाएको थियो ।

मृ’तक कटुवालको श’व नेपाल नआउने भएपछि उनको काजकिरिया मंगलबारदेखि सुरु गरिएको छ । कटुवालका २५ र २२ वर्षीया दुई छोरी र १४ वर्षका एक छोरा छन् । बुवाको मृ’त्युपछि छोरी अन्जुले फेसबुकमा भावुक स्टाटस सेयर गरेकी छिन् । उनले अन्तिम समयमा बुवाको अनुहार हेर्न नपाएको भन्दै दुःख प्रकट गरेकी छिन् ।यो खबर हिमाल दाहाले अन्नपुर्ण पोष्टमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal