विज्ञान प्रविधि

पृथ्बिमा देखियो अर्काे संकटः वैज्ञानिकले दिए चेतावनी (१० तस्बिर)

पृथ्बिमा देखियो अर्काे संकटः वैज्ञानिकले दिए चेतावनी (१० तस्बिर)

विश्व ‘कोरोना’ भा’इरसको महामा’रीले ‘ग्रस्त’ छ । यसैबीच वैज्ञानिकले अर्काे चेतावनी पनि दिएका छन् । वैज्ञानिकहरुले विश्वकै दोश्रो ठूलो बर्फको पहाड अर्थात् आइसवर्ग फुट्न लागेको बताएका छन् ।

समुन्द्रमा रहेका जहाँज र समुन्द्रको किनारमा रहेका बस्तीहरुलाई सतर्क रहन चेतावनी दिँदै वैज्ञानिकहरुले यसले जुन कुनैबेला पनि भयंकर रुप लिन सक्ने बताएका छन् ।अहिले बर्फको पहाड खुल्ला समुन्द्रमा घुमिरहेकोले यसले जुन कुनै बेला पनि ‘खतरा’ निम्त्याउन सक्ने छ भने बर्फ फुटेपछि समुन्द्रमा सुनामीको खतरा हुने हुदाँ समुन्द्र आसपासका मानिसहरुलाई सतर्क रहन वैज्ञानिकहरुले आग्रह गरेका छन् ।

२३ अप्रिलमा युरोपीयन स्पेस एजेन्सीको स्याटेलाइट ‘सेन्टीनल-१’ ले यसको नयाँ तस्वीर सार्वजनिक गरेको थियो । यो आइसवर्ग (ए-६८-ए) तीव्र गतिमा समुन्द्रमा बग्दै आईरहेको छ ।

‘ए-६८’ नामको आईसवर्ग जब अन्टार्कटिका बाट छुट्टियो त्यसबेला यो ६ हजार वर्गकिलोमिटरको थियो । बिस्तारै पग्लँदै गएर यो अहिले ५ हजार १०० वर्ग किलोमिटरमा आईपुगेको छ । यो यति ठूलो छ कि, पाँच वटा न्युयोर्क शहर भन्दा पनि विशाल रहेको छ ।

बितेको तीन वर्ष यता यो वेड्डेल सागरमा घुमिरहेको छ । त्यसबाटै १ अन्य टुक्रा फुटेर छुट्टिएको छ । त्यसकै नाम हो ‘ए-६८’ । त्यसबाट पनि निस्किएका टुक्राहरुको नाम हो ‘ए-६८-सी’ । ‘ए-६८’ ए आइसवर्ग १७५ वर्ग किलोमिटर क्षेत्रफलको रहेको छ । ‘ए-६८’ आईसवर्ग जुलाई सन् २०१७ मा अन्टार्कटिकाको लार्सेनबाट फुटेर छुट्टिएको थियो ।

आईसवर्ग समुन्द्रमा घुम्दै आईरहेको यो कता तिर जाँदैछ भन्ने कुरा वैज्ञानिकहरुले नै थाहा पाउन सकेका छैनन् । तर अहिलेको दिशा हेर्दा वैज्ञानिकहरुले दक्षिण अमेरिकातिरको ईशारा गरेका छन् ।

यस आईसवर्गको अध्ययन गरिरहेका युनिभर्सिटीको जियोलोजिस्टका प्रोफेसर एड्रियन ल्युकम्यानले आईसवर्ग फुटेपछि पनि धेरै वर्षसम्म त्यसको प्रभाव रहि राख्ने बताएका छन् । किनभने यो जति ठूलो छ, त्यो अनुसार यो फुटिसक्न लामो समय लाग्नेछ ।

साथै उनले स्वयं नै आईसवर्गबाट छुट्टिएको ठूलो वर्फको टुक्रा देखेको बताएका छन् । फुटेको वर्फ मात्र १९ किलोमिटर लामो रहेको उनले बताएका छन् ।

एड्रियन ल्युकम्यान भन्छन्, ‘ए-६८’ बाट छुट्टेको टुक्राको आकार १७५ वर्गकिलोमिटर रहेको छ तर यो आईसवर्ग एकदमै पातलो छ, म यो कुराले हैरान भएको छु कि, आखिर यत्रो वर्ष सम्म यति पातलो आईसवर्ग किन पग्लिएन ?’

‘ए-६८’ लाई ९ डिसेम्बरमा क्रुज शिप एमएस एक्सीपडिशनले देखेको थियो । ६ फेब्रुअरी सन् २०२० बाट भने यो समुन्द्रमा तैरिरहेको पाइएको थियो । १० मार्च सन् २०२० मा एमवी वर्ल्ड एक्सप्लोररले यसलाई दक्षिणी अमेरिकाको समुन्द्रमा तैरिरहेको देखिएको थियो ।

संसारकै सबेभन्दा ठूलो आईसवर्ग ‘बी-१५’ हो । जो अन्टार्कटिकामा सन् २००० मा फुटेको थियो । त्यसको क्षेत्रफल ११ हजार किलोमिटर रहेको बताइन्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal