राजनीति

‘तेस्रो अध्यक्ष’ बन्ने प्रस्ताव माधव नेपालद्वारा अस्वीकार

‘तेस्रो अध्यक्ष’ बन्ने प्रस्ताव माधव नेपालद्वारा अस्वीकार

नेकपाको शनिबार बालुवाटारमा सम्पन्न सचिवालयको बैठकमा नेता माधवकुमार नेपाललाई तेस्रो बरियताको अध्यक्ष बन्न अध्यक्ष केपी ओलीले प्रस्ताव गरेका थिए तर उक्त प्रस्ताव बरिष्ठ नेता माधवकुमार नेपालले अस्वीकार गरेका छन् ।

नेता नेपालले सो प्रस्ताव अस्वीकार नेकप भित्रको किचलो तत्काल सल्टिने अवस्था देखिएको छैन ।

माधव नेपाल पक्षले प्रधानमन्त्री ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एउटा पद छाड्नुपर्ने माग राख्दै आएको छ । अब यसबारे २५ गतेको स्थायी कमिटी बैठकमा थप छलफल हुने नेतहरुले बताएका छन् ।

बरिष्ठ नेता नेपाल आगामी महाधिवेशनमा अध्यक्षका दाबेदारका रूपमा तयारी थालेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal