प्रवास

बहराइनमा एकैदिन ७७ जना नेपालीमा ‘कोरोना’ सं’क्रमण

बहराइनमा एकैदिन ७७ जना नेपालीमा ‘कोरोना’ सं’क्रमण

पोखरा — बहराइनमा एकैदिन ७७ जना नेपाली कामदार को’रोना भा’इरसबाट सं’क्रमित भएका छन् । बहराइनको राजधानी मनामास्थित नेपाली दूतावासका अनुसार उनीहरु चारवटा कम्पनीमा कार्यरत थिए ।

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासका अनुसार एउटा सुपरमार्केट र ३ वटा अलग अलग कम्पनीमा काम गर्ने नेपालीलाई संक्र’मण देखिएको हो र उनीहरुको स्वास्थ्य उपचार भइरहेको छ ।

योसँगै बहराइनमा को’रोना भा’इरसबाट सं’क्रमित हुने नेपालीको संख्या १२६ जना पुगेको छ । बहराइनमा सं’क्रमितको सख्या भने १५४६ जना पुगेको छ । जसमध्ये १२४६ जना निको भइसकेका छन् । बहराइनमा अहिलेसम्म को’रोना स‌ंक्र’मणबाट ८ जनाको मात्रै मृ’त्यु भइसकेको छ ।

बहराइनमा झन्डै ३५ हजार नेपाली कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal