समाचार

कोरोना अस्पतालका डाक्टरको पीडा: घरबेटीले घर नआऊ भने, होटेलमा बसेको छु

कोरोना अस्पतालका डाक्टरको पीडा: घरबेटीले घर नआऊ भने, होटेलमा बसेको छु

कपिलवस्तु स्थायी घर भएका डाक्टर विनोद बरई तिलोत्तमा नगरपालिकाको जानकीनगरमा फ्ल्याट भाडामा लिएर बस्दै आएका थिए । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल अफिसर उनी एक वर्षदेखि तीनतले घरको तेस्रो तलामा बस्दै आएका थिए ।

कोरोना भाइर’सको उपचारका लागि बुटवलमा कोरोना विशेष अस्थायी अस्पताल सञ्चालनमा आयो, घरबेटीको व्यवहार परिवर्तन हुन थाल्यो । डा. बरई कोरोना विशेष अस्पतालमै मेडिकल अफिसरको रुपमा काम गर्न थालेको थाहा पाएपछि त घरबेटीले घरमा नआउन भन्न थाले ।

‘पाँच दिनअघि ड्युटीमै रहेका बेला अब एकाध महिना घर नआउनू भनेर घरबेटीको फोन आयो,’ डा. बरईले भने, ‘घरबेटीले नै नआउन भनेपछि अर्काको घरमा कसरी जाने ? बुटवलकै एउटा होटेलमा बस्न थालें ।’

तर, घरबेटीको ज्या’दती रोकिएन । डा. बरई बुधबार कपडा लिन फ्ल्याटमा मात्र के पुगेका थिए, घरबेटीका छोरा ढोकामै आएर घर नआउनू भन्दाभन्दै किन आएको भन्दै हप्का’उन थाले। ‘म कोठामा पुग्नेबित्तिकै घरबेटीका छोरा आएर अमान’वीय व्य’वहार गरे,’ डा. बरई भन्छन्, ‘मैले छुट्टै फ्ल्याट हो । म सुरक्षित तरिकाले बसेको छु, यसरी आत्तिनुपर्दैन भनेर सम्झाउन खोजे पनि बुझेनन् ।’

एकातिर बिरामी चेकजाँचको तना’व, अर्कोतिर घरबेटीको व्यवहारले आफू तनाव’मा परेको डा.बरईले दुखेसो पोखे । ‘घरबेटीले कोरोनाको सम’स्या सकिएपछि मात्र घरमा आउनू । अन्यथा समान लैजानुपर्ने भए आजै लिएर जानू भनेका छन्,’ उनले भावुक हुँदै भने, ‘जोखिम मोलेर काम गर्ने हाम्रो म’नोबल उचो बनाइदिनुपर्नेमा यस्तो व्यवहार गर्दा स्वाभिमानमा चो’ट लाग्दोरहेछ ।’

चिकित्सक बरईमाथि घरबेटीले दुर्व्यवहार गरेको भन्दै हेल्थ असिस्टेन्ट संघ नेपाल रुपन्देही शाखाले खेद व्यक्त गरेको छ । संघका अध्यक्ष राजेश ज्ञवालीले बिहीबार विज्ञप्ति जारी गर्दै विश्वव्यापी महामा’रीको रुपमा फै’लिएको कोभिड-१९ को रोकथाम र उपचारमा अग्रमोर्चामा खटिने चिकित्सकलाई घरबेटीले घर प्रवेश नगर्न भन्दै गरेको अमान’वीय व्यवहारले मनोवैज्ञानिक चो’ट पुर्‍याएको हुँदा सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal