अन्तर्राष्ट्रिय

मलेसिया सरकारले भन्यो- ‘लकडाउनमा महिलाहरु मेकअप गर्नुस्, चिटिक्क पर्नुस्’

मलेसिया सरकारले भन्यो- ‘लकडाउनमा महिलाहरु मेकअप गर्नुस्, चिटिक्क पर्नुस्’

मलेसिया सरकारले कोरोनाभाइरसका कारण जारी लकडाउनका सन्दर्भमा आफ्नो देशका महिलाहरुलाई अचम्मको सल्लाह दिएको छ ।

मलेसियाको महिला तथा परिवार कल्याण मन्त्रालयले लकडाउनको क्रममा घरबाटै काम गरिरहेकी महिलाहरुको लागि घरमा उत्पादनशील रहन र शान्ति बनाइराख्नको लागि एडभाइजरी जारी गरेको हो । यसैको एक पोस्टरमा महिलाहरुलाई घरबाट काम गर्ने क्रममा सामान्य दिनमा जस्तै मेकअप गरेर सजिने र राम्रा कपडा लगाउन सल्लाह दिइएको छ ।

मन्त्रालयले लकडाउनलाई विदा भन्दै लेखेको छ ‘आमाको लागि यति लामो विदा र घरबाट काम गर्नु कठिन हुन सक्छ किनकि अक्सर उनीहरुको ध्यान भट्किन्छ ।’ यद्यपि आलोचनापछि यो पोस्टलाई हटाइएको छ ।

महिला संगठनहरुले मन्त्रालयको यो एडभाइजरीको आलोचना गरेका छन् । अल वुमन्स एक्सन सोाइटीले बिरोध गर्दै भनेको छ- ‘महिलाहरुसँग मेकअप गर्ने र राम्री देखिने भन्दा बाहेक अरु पनि धेरै काम हुन्छन् । महिलाहरु पनि मानव हुन् कुनै सामान होइन ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal