मुख्य समाचार

कोरोनाको महामा’री: नेपाल सरकारलाई २ करोड सहयोग गर्ने पूर्वराजाको घोषणा

कोरोनाको महामा’री: नेपाल सरकारलाई २ करोड सहयोग गर्ने पूर्वराजाको घोषणा

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले हिमानी कोष मार्फत नेपाल सरकारद्वारा स्थापना गरिएको कोरोना संक्र’मण रोकथाम र उपचार कोषमा २ करोड रुपैयाँ सहयोग गर्ने भएका छन । मंगलबार पूर्वराजाले सन्देश जारी गर्दै हिमाल कोषमार्फत २ करोड योगदान गर्ने घोषणा गरेका हुन् ।

आपत विपद र दुःख क’ष्टको घडीमा सबैका साथमा साथ दिँदै आफ्नो तर्फबाट सहयोग गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘आपत-विप’द्को घडीमा सबैका साथमा साथ दिँदै हाम्रो तर्फबाट हिमानी कोषलाई रू २ करोड दिई नेपाल सरकारको ‘कोरोना भाइरस संक्र’मण, रोकथाम, नियन्त्रण र उपचार कोष’ मा दाखिला गर्न बुझाएका छौं ।

यस कार्यले पनि केही सहयोगी भूमिका रहने विश्वास लिएका छौं,’ जारी बिज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal