मनोरञ्जन

फिल्म गर्न मुम्बईबाट आएकी अदिती घरमै बन्द

फिल्म गर्न मुम्बईबाट आएकी अदिती घरमै बन्द

विश्व नै कोरोना भा’इरसको भ’य र त्रा’समा छ । नेपालमा पनि यो भाइ’रसको सं’क्रमण देखापरिसकेको छ । यसको सं’क्रमण फैलिन नदिन सरकारले एक हप्ताका लागि ‘लकडाउन’ को घोषणा गरेको छ ।

को’रोनाको जो’खिम न्यूनिकरणका लागि सरकारले ‘लकडाउन’ गरेपछि अहिले कोही घरभन्दा बाहिर निस्कन पाएका छैनन् । घरमा सुरक्षित रुपमा बसे पनि को’रोनाको त्रा’स भने उस्तै छ । आम सर्वसाधारण मात्र होइन, नेपाली सेलिब्रेटीहरु पनि को’रोनाको त्रा’समा बाँचिरहेका छन् ।

को’रोनाको सं’क्रमणबाट जोगिन अभिनेत्री अदिती बुढाथोकी पनि केही दिनदेखि घरबाट बाहिर निस्किएकी छैनन् । उनी निकै कम नेपालमा बस्ने गर्छिन् । मुम्बईमा बसेर बलिउड प्रवेशका लागि संघर्ष गरिरहेकी उनी अहिले भने काठमाडौंमा छिन् । खासमा उनी फिल्म गर्नका लागि नेपाल आएकी हुन् । तर, उनी नेपाल आएसँगै कोरोनाको त्रासले फिल्मको छायांकन पोस्टपोन्ड भयो ।

सुरेन्द्र पौडेलले निर्देशन गर्न लागेको फिल्ममा उनले गायक नितेशजंग कुवँरसँग अनस्क्रिन रोमा’न्स गर्दैछिन् । फिल्मको चैत पहिलो साता घोषणा गरेर बैशाख पहिलो साताबाट फ्लोरमा जाने तयारी गरिएको थियो । तर, कोरोनाको त्रासले फिल्मको छायांकन पछाडि धकेलिएको छ । अहिले अदिती भारत फर्किने अवस्था पनि छैन ।

फिल्म ‘कृ’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी अभिनेत्री अदिती बुढाथोकीले लामो समयपछि नेपाली फिल्म गर्न लागेकी हुन् । तर, फिल्ममा अभिनय गर्नका लागि मुम्बईबाट नेपाल आएकी उनी अहिले कोरोना भाइर’सका कारण घरको चार कुनामा खु’म्चिएर बस्न बा’ध्य हुनु परेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal