मनोरञ्जन

नाजिर र नम्रताको प्रेम चर्चा

नाजिर र नम्रताको प्रेम चर्चा

नेपाली फिल्म क्षेत्रमा सेलिब्रेटीको प्रेम चर्चा हुनु नौलो कुरा होइन । करिअरमा असर पर्ने डरले प्रायः सेलिब्रेटीहरु प्रेम स’म्बन्ध लुकाउन खोज्छन् । कति भने प्रेम स्वीकार गरेर निर्धक्क भएर जिउँछन् ।

केही हप्ता यता अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारी प्रेममा रहेको चर्चा मिडियामा चलिरहेको छ । यद्यपि, यस विषयमा उनीहरुले मुख खोलेका छैनन् ।यसबीच, अभिनेता नाजिर हुसेन र नेपाली फिल्मकी कान्छी नम्रता श्रेष्ठ प्रेममा रहेको चर्चा फिल्मवृतमा गाईंगुईं चल्न थालेको छ ।

यी दुईले फिल्ममा समेत रोमान्स गरिसकेका छन् । फिल्म ‘गाँठो’ मा उनीहरुले पहिलो पटक स्क्रिन साझेदारी गरेका थिए । यो फिल्मबाट नम्रताले अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् भने नाजिरले लिड रोलमा ब्रेक पाएको पहिलो फिल्म थियो ।

‘गाँठो’ पछि नाजिर र नम्रताबीच पुनः सहकार्यको गाँठो कसिन सकेको छैन । उनीहरुले भिन्दा भिन्दै फिल्ममा काम गर्दै आइरहेका छन् ।। लामो समयदेखि एक हिट फिल्मको प्रतिक्षामा रहेका उनीहरु ‘गाँठो’ मा काम गरेपछि एकअर्कासँग नजिक भएका थिए ।

अभिनेत्री नम्रताले इन्स्टाग्राममा पोस्ट्याएको एक तस्विरलाई भने धेरैले प्रेम स्वीकारोक्तिको रुपमा अर्थ्याएका छन् ।केहि दिनअघि अभिनेत्री नम्रताले आफ्नो इन्स्टामा विना क्याप्सन अभिनेता नाजिरको काँधमा आफ्नो टाउको राखेको तस्विर राखेकी छन् । यो पोस्टमा पहिलो कमेन्ट नै नाजिरको छ । उनले ‘ओइ होइ स्टे सेभ नमु’ भनेर लेखेका छन् । नम्रताले इन्स्टामा पोस्ट गरेको तस्विरमा धेरैले ‘सुहाएको जोडी’ भन्दै प्रतिक्रिया जनाएका छन् ।

‘गाँठो’ रिलिजको चार वर्षसम्म सामाजिक सञ्जालमा कहिल्यै एकअर्कासँगको तस्विर साझेदार नगरेका उनीहरुले अचानक कोरोनाको महामारीको समयमा प्रेमिल तस्विर फेसबुक र इन्स्टामा साझेदार गरेपछि फिल्म बजारमा प्रेमको चर्चा चल्नु सामान्य नै हो । नम्रताले इन्स्टामा साझेदार गरेको विना क्याप्सनको तस्विरले त झन् उनीहरु प्रेम सम्बन्धमा रहेको स्पष्टै पार्छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal