प्रदेश

लक डाउनको प्रभावः सुनसान पोखरा (भिडियो)

लक डाउनको प्रभावः सुनसान पोखरा (भिडियो)

सरकारले को’रोना भाइर’सको स’ङ्क्रमणको सम्भावित जोखिमबाट जोगिनका लागि शुरु गरेको लक डाउनको प्रभाव पोखरामा परेको छ । लक डाउनका कारण सार्वजनिक सवारी साधन चलेका छैनन् भने बजार पूर्ण रुपमा नै बन्द भएको छ ।

यसअघि पोखराका विभिन्न स्थानबाट घरबाट निस्कनेहरूका कारण चहलपहल हुने गरेको यहाँका सडक तथा स्थान आज भने सुनसान बनेका छन् । फाट्टफुट्ट निस्कनेहरूलाई सुरक्षाकर्मीले सम्झाएर घरमा नै सुरक्षित भई बस्न आग्रह गर्दै फर्काउने गरेको कास्की प्रहरीका प्रवक्ता राजकुमार केसीले जानकारी दिनुभयो ।

साथै नेपाल पत्रकार महासङ्घ कास्कीले सुरक्षित रही सूचना सम्प्रेषण गर्न पत्रकारलाई आग्रह गरेको छ । शाखाका तर्फबाट सञ्चारकर्मी एवम् सञ्चारगृहका लागि अपिल जारी गर्दै अध्यक्ष दीपेन्द्र श्रेष्ठले पत्रकार कोरोना सङ्क्रमणविरुद्ध अग्रपङ्क्तिका योद्धा भएको उल्लेख गर्दै समाचार सम्प्रेषण गर्दा यसका लक्षण, सर्ने माध्यम एवम् बच्ने उपायबारे सही कुरा बुझेर जिम्मेवार पत्रकारिता गर्न आग्रह गर्नुभएको छ ।

सर्वसाधारण मानिसले बुझ्ने भाषामा सत्यतथ्य सूचना सम्प्रेषण गर्नुपर्ने र अधुरो जानकारीले त्रास र सङ्क्रमितप्रति विभेद बढाउने उल्लेख गर्दै अपिलमा आधिकारिक स्रोत र विषयविज्ञबाट मात्र सूचना लिन आग्रह गरिएको छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal