मुख्य समाचार

लकडाउनमा महाकाली नदीमा पौडेर नेपाल आएका तीन जना पक्राउ

लकडाउनमा महाकाली नदीमा पौडेर नेपाल आएका तीन जना पक्राउ

दार्चुला — चार दिनदेखि भारत पिथौरागढ जिल्लाको धारचुलामा अलपत्र परेकामध्ये तीन नेपाली महाकाली नदीमा पौडेर स्वदेश आएका छन् ।

महाकाली नगरपालालिका ४ पुलघाट बजार नजिकैबाट उनीहरू सोमबार दिउँसो नेपाल प्रवेश गरेका हुन्।पौडी खेली नेपाल प्रवेश गरेका तीनै जनालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

पौडेर नेपाल प्रवेश गर्नेमा बैतडी डिलाशैनी गाउँपालिकाका इन्द्रराज खत्री, दार्चुलाको मार्मा गाउँपालिकाका रमेश विष्ट र शैल्यशिखर नगरपालिकाका धनबहादुर स्वदेश प्रवेश गरेको प्रहरीले जनाएको छ। उनीहरू भारतको विभिन्न ठाउँमा मजदुरी गरी घर फर्किँदा नेपालमा लकडाउन भएको थियो भने सीमा पुल बन्द गरिएको थियो।

पौडी खेली नेपाल प्रवेश गरेका तीनै जनालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। पुल खोल्न प्रमुख जिल्ला अधिकारीसँग आग्रह गर्न पौडी खेलेर नेपाल आएको खत्रीले बताए। आफूहरूको माग सरकारले नेपाल आउन दिनुपर्ने रहेको उनीहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal