प्रवास

अष्ट्रेलियामा आठ नेपाली महिलालाई कोरोना संक्रमण

अष्ट्रेलियामा आठ नेपाली महिलालाई कोरोना संक्रमण

सांकेतिक तस्बिर

अष्ट्रेलयामा रहेका ८ नेपाली विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आइतबार अष्ट्रेलियास्थित नेपाली दूतावासले यस्तो जानकारी दिएको हो ।

दूतावासका अधिकारीहरुका अनुसार साउथ वेल्समा रहेका चार नेपाली, तीनजना भिक्टोरियाका र एक तास्मानियामा रहेका गरी ८ जना संक्रमित भएका हुन् ।

तीमध्ये एकजनाको उपचार भइसकेको बताइएको छ । बाँकी सातैजना क्वारेन्टाइमा बसिरहेका छन् । साथै उनीहरु सबै महिला भएको पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal