मुख्य समाचार

रुपन्देहीको कोरोना अस्पतालमा युएईबाट आएका एक युवकको मृ’त्यु

रुपन्देहीको कोरोना अस्पतालमा युएईबाट आएका एक युवकको मृ’त्यु

रुपन्देहीको कोरोना भाइरस उपचार विशेष अस्पतालमा एक युवकको मृ’त्यु भएको छ । बुटवल धागो कारखानामा सञ्चालित कोभिड १९ विशेष अस्पतालमा उपचाररत पाल्पा स्थायी घर भएका ३३ वर्षका युवकको मृ’त्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले जानकारी दिए ।

ती युवकमा कोरोना भाइरस सं’क्रमणको पुष्टि भएको छैन । नमुना परीक्षणका लागि काठमाडौं पठाए पनि रिपोर्ट नआएको भट्टराईले बताए ।चैत ६ गते संयुक्त अरब इमिरेट्स (युएई) बाट काठमाडौं आएका उनी चैत ७ गते बस चढेर रुपन्देहीको सैनामैना आएका थिए ।

ज्वरो आएपछि स्थानीय मेडिकल हलमा चेकजाँच गराएका उनलाई चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal