प्रवास

३ घण्टामै कोरोना पत्ता लगाउने किट्स पठाउन कोरियामा एक दिनम उठ्यो ७० लाख बढी

- सुरेश हमाल

३ घण्टामै कोरोना पत्ता लगाउने किट्स पठाउन कोरियामा एक दिनम उठ्यो ७० लाख बढी

पोखरा : गैरआवासीय नेपाली संघ दक्षिण कोरियाले कोभिड-१९ कोरोना भाइरस संक्रमण भए/नभएको जाँच गर्न प्रयोग हुने दुई हजार किट्स नेपाल सरकारलाई तत्काल सहयोग गर्ने भएको छ। योजनानुरुप किट्स प्रदान गर्ने कम्पनीसँग पनि दुई हजार प्रति किट्सको सम्झौता भएको तर अन्तिम सम्झाैता गर्नचाँहि बाँकि रहेको एनआरएन कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले हिमालय दैनिकलाई बताए ।

उक्त किट्स नेपालमा कत्तिको उपयुक्त हुन्छ/हुदैन र योभन्दा अन्य किट्स राम्रो हुन्छकि भन्ने बिषयमा पनि अध्ययन गरिरहेको र हाल पठाउने भनिएको किट्स कोरियाको एक ठाँउमा र फिलिपिन्स, अमेरिका लगायतका देशमा प्रयोग भइसकेको अध्यक्ष सुवेदिको भनाइ छ ।

प्रति किट्स बीस हजार कोरियाली वन करिव रु दुई हजा पर्ने भएकाले दुई हजार किट्स लागि रु ४० लाख लाग्ने अनुमान गरिएको तर अभियान सुरू गरीएको एक दिन अर्थात चैत्र १३ गते बिहिबार बेलुकासम्म नै ७० लाख रूपैयाँ भन्दा बढी रकम संकलन भइसकेको हुदाँ बढी संकलति रकम नेपाल सरकारसँग समन्वय गरेर थप किट्स या अन्य आवश्यक सामाग्री सहयोग गर्ने अध्यक्ष सुवेदीले बताए ।

उनले भने- ‘यतिबेला मातृभूमि नेपालले कोरोना भाइरसका कारण जुन विषम परिस्थिति भोग्नुपरेको छ। त्यसका लागि सम्पुर्ण नेपालीको एकता देखेर खुशि लागेको छ र हामि छिटो भन्दा छिटो किट्स र अन्य आवश्यक सामाग्री पठाउछाै’ ।

उक्त किट्स कोभिड-१९ को संक्रमणको शङ्का भएका बिरामीमा हो हैन भन्ने पुष्टि गर्न प्रयोग हुन्छ। किट्समा बिरामीको र्‍याल राखेर स्क्यान मेशिनमा स्क्यान गरिएपछि तीन घण्टामै कोभिड बिरामी हो वा हैन भन्ने पत्ता लाग्छ।

यो सामाग्री कसरी नेपाल छिटो भन्दा छिटो पठाउने भन्ने बिषयमा नेपाल सरकारसँग कुराकानी गरिरहेको साथै कोरियमा सहयोग संकलन अभियान आइतबारसम्म संचालन गरिने अध्यक्ष सुवेदीले हिमालय दैनिकलाई बताए।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal