अन्तर्राष्ट्रिय

इटाली र स्पेनमा कोरोना झन भयावह बन्दै: एकैदिन १४ सयबढीकाे मृ’त्यु

इटाली र स्पेनमा कोरोना झन भयावह बन्दै: एकैदिन १४ सयबढीकाे मृ’त्यु

इटालीमा ७१२ जना र स्पेनमा ७१८ जना गरी कुल १ हजार ४३० को मृत्यु

१४ चैत । कोरोना भाइरस (कोभिड–१९) का कारण मृ’त्यु हुनेको संख्या इटाली र स्पेनमा झन बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा इटालीमा ७१२ जना र स्पेनमा ७१८ जना गरी कुल १ हजार ४३० जनाको ज्यान गएको छ ।

पछिल्लो डाटा अनुसार इटालीमा कुल मृ’त्यु हुनेको संख्या पनि ८ हजार २१५ पुगेको छ भने स्पेनमा कुल मृतक संख्या ४ हजार ३६५ पुगेको छ । इटालीमा संक्रमितको संख्या पनि बिहीबार मात्र ६ हजार २०३ ले बढेर कुल ८० हजार ५८९ पुगेको वल्र्डो मिटर्स डट इन्फोले जनाएको छ । इटालीमा १० हजार ३६१ जना पूर्ण रूपमा निकाे पनि भइसकेका छन् ।

स्पेनमा पनि एकैदिन ८ हजार २७१ नयाँ संक्रमितसँगै कुल संक्रमितको संख्या ५७ हजार ७८६ पुगेको छ । त्यहाँ ७ हजार १५ जना संक्रमित भने पूर्णरूपमा निकाे भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal