मुख्य समाचार

आकाशमा देखिएको चम्किलो बस्तु उल्कापिण्ड हुन सक्ने: नासो अध्यक्ष भट्टराई

आकाशमा देखिएको चम्किलो बस्तु उल्कापिण्ड हुन सक्ने: नासो अध्यक्ष भट्टराई

सुरेश हमाल, पोखरा
बिहिबार नेपालको आकाशमा चम्किलो बस्तु देखिएको छ। बिहिबार बेलुका ८ बजेर ९ मिनेटमा ज्वाला जस्तो चम्किलो बस्तु आकाशमा देखिएको गण्डकी प्रदेशका स्थानीयहरुको सामाजिक सञ्जालमा चर्चा गरेका छन् ।

पाल्पा, पर्वत, बागलुङ, स्याङ्गजा लगायतका प्रत्यक्षदर्शीकाअनुसार केहि सेकेन्ड मात्र आकाशमा चम्किलो बस्तु देखिएको र यसले निकै उज्यालो बनाएको थियो। साथै ठुलो आवाज समेत आएको बताएका छन् । बिभिन्न ठाउँका व्यक्तिहरुले लिएको तस्विरहरु अहिले सामाजिक संजालमा साझा भईरहेका छन्।

चम्किलो बस्तु के हो ?

नेपाल एस्ट्रोनोमिकल सोसाईटीका अध्यक्ष सुरेश भट्टराईले आज बिशेषगरि गण्डकी प्रदेश क्षेत्रमा देखिएको चम्किलो बस्तु यहि हो भन्न नसकिएतापनि प्राप्त जानकारीअनुसार उक्त बस्तु उल्कापिण्ड हुन् सक्ने प्रारम्भिक अनुमान गरिएको उनले हिमालय दैनिकलाईलाई बताए।

अहिलेसम्मको भनाइलाई आधार मान्दा यो उल्का पिण्ड भएको र यो गण्डक प्रदेश क्षेत्र वा त्यस आसपासमा खसेको अनुमान गर्न सकिन्छ तर यहि नै हो भन्ने ठोकुवा गर्न अहिलेनै मिल्दैन’ र थप कुरा अनुसन्धानपछि खुलाउने जानकारी दिए ।

आज गण्डकी प्रदेशमा देखिएको चम्किलो बस्तुपनि उल्कापिण्ड नै हुन सक्ने उनको भनाई छ। तर यो क्षुद्र ग्रह नभएको उनको दाबि छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal