प्रदेश

आकाशमा एक्कासी देखियो मुस्लोसहित चम्किलो बस्तु, सुनियो आवाज

आकाशमा एक्कासी देखियो मुस्लोसहित चम्किलो बस्तु, सुनियो आवाज

पोखरा- बिहिबार राती आकाशमा धूवाँको मुस्लो सहित अनौठो आवाज सुनिएको छ । अन्दाजी राती ८ बजेर ९ मिनेट जाँदा आबाज सहित यस्तो दृश्य देखिएको हो ।

उक्त बस्तु आकाशमा उत्तरपूर्वबाट दक्षिण पश्चिमतर्फ गएको जनाइएको छ । आकाशमा ज्वाला देखिए लगत्तै ठूलो आवाज पनि आएको गुल्मीको रेसुङ्गा नगरपालिका सिमीचौरका लक्ष्मण थापाले बताए । त्यस्तै पर्वतका चक्र कार्किले पनि यसको अनुभव फेसबुकमा लेखेका छन् ।

बाग्लुङ्गको कमल पौडेलले पनि आकाशमा ठूलो आवाज सहित ज्वाला जस्तो वस्तु गएको बताएका छन् ।स्याङ्जा, पर्वत,कास्कि पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, प्युठानका स्थानियले आकाशमा अचम्मकाे वस्तु देखिएकाे सामाजिक सञ्जालमा लेखेका छन् ।

कतिपयले यसलाइ उल्का भनेका भएपनि बास्ताबिकता बाहिर अाएको छैन ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal