मनोरञ्जन

सेल्फ क्वारेन्टाइनमा आयुष्मानलाई प्रियंकाको मसाज

सेल्फ क्वारेन्टाइनमा आयुष्मानलाई प्रियंकाको मसाज

काठमाडौं – नायिका प्रियंका कार्की फागुनमा अभिनेता आयुष्मान देशराज जोशीसँग बिहे गरेपछि परिवारसहित सेल्फ क्वारेन्टाइनमा बसेकी छिन् । लकडाउनका कारण उनी परिवारका सदस्यसँग कुराकानी गरेर बिताइरहेकी छिन् ।

प्रियंकाले पति आयुष्मान देशराज जोशीको टाउकोमा मसाज गर्दै गरेको तस्वीर सामाजिक सञ्जालमा शेयर गर्दै अरुलाई पनि क्वारेन्टाइनमा बस्दै गरेको तस्वीर शेयर गर्न आग्रह गरेकी छिन् ।

प्रियंकाले शेयर गरेको तस्वीरमा दुई कुकुर पनि देख्न सकिन्छ ।उनको तस्वीरमा फ्यानले प्रेम दर्शाएका छन् । प्रियंकाले ह्यासट्याग शेयर गर्दै फ्यानलाई आफ्ना तस्वीर पनि शेयर गर्न अनुरोध गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal