समाचार

भारतमा लकडाउनका बेला दूध किन्न गएका युवालाई प्रहरीले कुटे, अस्पतालमा मृ’त्यु

भारतमा लकडाउनका बेला दूध किन्न गएका युवालाई प्रहरीले कुटे, अस्पतालमा मृ’त्यु

भारतमा लकडाउनको समयमा दूध किन्न गएका एक युवालाई प्रहरीले कुटपिट गरेपछि उनको मृ’त्यु भएको छ। बुधबार प्रहरीको कुटाइबाट घाइते भएका उनको अस्पतालमा उपचारको क्रममा मृ’त्यु भएको इन्डिया टुडेमा समाचार छ ।

पश्चिम बंगालका ३२ वर्षका लाल स्वामी नाम गरेका व्यक्तिको ज्यान गएको हो। गत मंगलबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २१ दिन देश लेकडाउन गरेको घोषणा गरेका थिए। कोरोना भाइरस संक्रमणको खतरा उच्च भएकाले उनले कसैलाई पनि घरबाट ननिस्कन आग्रह गरेका थिए।

बुधबार दूध लिन निस्किएका लाल स्वामीलाई प्रहरीले लकडाउन उल्लंघन गरेको भन्दै कुटपिट गरेको भारतीय संचारमाध्यमले जनाएका छन्।

कुटपिटबाट घाइते भएका उनको अस्पताल लगिएको थियो। अस्पतालमा लाल स्वामीको निधन भएको घोषणा गरिएको थियो।
प्रहरीले भने लाल स्वामीलाई हृदयघात भएका कारण उनको ज्यान गएको प्रतिक्रिया जनाइरहेका छन्।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal