प्रवास

स्विट्जरल्याण्डमा एक नेपालीको मृ’त्यु

स्विट्जरल्याण्डमा एक नेपालीको मृ’त्यु

स्विट्जरल्याण्डको राजधानी बेर्नमा बस्दै आएका एक नेपालीको मृ’त्यु भएको छ ।

भिरकोट नगरपालिका १ स्याङ्जा मूल घर भएका ५० वर्षीय ईव बहादुर गुरुङ (राम) को उपचारको क्रममा निधन भएको हो । उनी लामो समयदेखि क्यान्सर रोगले पीडि’त रहेको एनआरएनए स्विट्जरल्याण्डले जनाएको छ।

एनआरएनका अनुसार गुरुङको मार्च १७ तारिख मंगलबार उपाचारको क्रममा बेर्नको एक अस्पतालमा निधन भएको थियो। परिवारको सल्लाहबमोजिम गुरुङको सदगद बुधबार स्विट्जरल्याण्डमै भएको छ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्विट्जरल्याण्डले उनको निधनले नेपाली समुदायलाई अपुरणिय क्षति भएको भन्दै दुःख ब्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal