मुख्य समाचार

गाउँमा अपरिचित व्यक्तिलाई प्रवेश निषेध

गाउँमा अपरिचित व्यक्तिलाई प्रवेश निषेध

मोरङको बुढीगंगा गाउँपालिका १ को खद्रापुलमा ढाँट लगाएर गाउँलाई लकडाउन गरिएको छ । लालीगुरास टोलसुधार समुहले बुधबार विराटनगरको पूष्पलाल चोक हुँदै टंकीसिनुवारी निस्क्निे भित्री सडकमा बाँस तेर्स्याएर टोल प्रवेशमा रोक लगाएका हुन् ।

टोलसुधार समितिले अपरिचित व्यक्तिलाई टोलमा प्रवेश निषेध लेखिएको बोर्ड टाँसेका छन् । पुलमा ढाँट लगाएर बाहिरका मानिसलाई आवतजावतमा रोक लगाइएको छ ।

टोल समितिको व्यानरमा कोरोनाबाट आफुलाई पनि बचाउन र अरुलाई पनि बचाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal