मुख्य समाचार

प्रेमीसँग मिलेर श्रीमतीले गरिन् श्रीमानको बि’भत्स ह’त्या

प्रेमीसँग मिलेर श्रीमतीले गरिन् श्रीमानको बि’भत्स ह’त्या

धनुषाको शहिदनगर नगरपालिकामा श्रीमानको ह’त्यामा संलग्न रहेको आरोपमा श्रीमतीसहित एक पुरुष पक्राउ परेका छन् । धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ३ का ६० वर्षिय राजकिशोर मण्डलकी श्रीमती कौशिलादेवी र सोही नगरपालिका वडा नम्बर ७ बस्ने अन्दाजी २७ वर्षीय राकेशकुमार पक्राउ परेका हुन् ।

फागुन २७ गते होलीको दिन कोशिलादेवी र राकेशबीच टेलिफोनमा कुराकानी भई योजनाबद्द ढंगले राजकिशोरको ह’त्या भएको प्रहरीको दाबी छ । प्रहरीले राजकिशोरलाई राती खानामा नसालु ट्याव्लेट मिसाएर खुवाइएको र नसामा मा’तेर सुतिरहेको अवस्थामा कौशिलादेवीले राकेशलाई घरमा बोलाएर हत्या गर्न लगाएको जानकारी दिएको छ । राजकिशोर सुतिरहेका बेला दुवैजना मिलेर कंक्रिट प्रहार गरी ह’त्या गरेको प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

राजकिशोको निधारमा पटक–पटक प्रहार गरी वि’भत्स तरिकाले ह’त्या गरेको अनुसन्धानबाट खुल्न आएको कार्कीले बताए । घटनाको जानकारी पाउनासाथ तत्कालै प्रहरीले कोशिलादेवीलाई घटनास्थलबाटै र राकेशकुमार मण्डललाई निजको घरबाट पक्राउ गरेको छ । राकेशको कौशिलादेवीसँग प्रेम सम्बन्ध रहेको समेत प्रहरीको दाबी छ ।

प्रहरी नियन्त्रणमा रहेका उनीहरुले पत्थरले टाउकोमा प्रहार राजकिशोरको ह’त्या गरेको स्वीकार गरेका छन् । नियन्त्रणमा लिएका दुवैजनामाथि कर्तव्य ज्यान मु’द्दा दर्ता भई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal