मुख्य समाचार

नेपालमा कोरोनाका अर्को संक्रमित भेटिए, सक्रमित संख्या ३ पुग्यो

नेपालमा कोरोनाका अर्को संक्रमित भेटिए, सक्रमित संख्या ३ पुग्यो

काठमाडौं : नेपालमा नोबेल कोरोना भाइरस (कोभिड–१९) का नयाँ संक्रमित भेटिएको पुष्टि भएको छ । स्वास्थ्य सेवा विभाग जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणका क्रममा एक जनाको रिपोर्टमा कोभिड–१९ पोजिटिभ देखिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिएको समाचार अन्नपुर्ण पोष्टमा छ ।

यो सँगै नेपालमा कोभिड–१९ को सक्रमित संख्या ३ पुगेको छ ।

फ्रान्सबाट फर्किएकी युवतीमा कोभिड–१९ देखिएपछि उनी शुक्रराज ट्रपिकल तथा सरुला रोग अस्पताल टेकुमा उपचारत् छिन् । यसअघि पोजेटिभ रिपोर्ट देखिएका एक जना उपचारपछि निको भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal