अन्तर्राष्ट्रिय

कोरोना महामारी : ४ लाख बढी स‌ंक्रमित, करिब १९ हजारको मृ’त्यु

कोरोना महामारी : ४ लाख बढी स‌ंक्रमित, करिब १९ हजारको मृ’त्यु

रोम — कोरोना भाइरस(कोभिड–१९ं को संक्रमणबाट इटालीमा मृ’त्यु हुनेको संख्या करिब ७ हजार पुगेको छ । मंगलबार मात्रै इटालीमा कोभिड–१९ को संक्रमणबाट ७ सय ४३ जनाको मृ’त्यु भएको छ ।

यसअघि इटालीमा गत शनिबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी ७ सय ९३ जनाको मृ’त्यु भएको थियो। सोमबार भने इटालीमा ६ सय २ जनाको मृ’त्यु भएको थियो।

बुधबार बिहानसम्म इटालीका कोभिड–१९ को संक्र’मणबाट मृ’त्यु हुनेको संख्या ६ हजार ८ सय २० पुगेको छ। त्यस्तै इटालीमा ६९ हजार १ सय ७६ जना संक्रमित भएका छन् । इटालीमा करिब ८ हजार संक्रमित निको भएका छन्।

त्यस्तै स्पेनमा पनि मंगलबार मात्रै थप ५ सयभन्दा बढीको मृत्यु भएको छ। बुधबार बिहानसम्म स्पेनमा मृतकको संख्या २ हजार ९ सय ९१ पुगेको छ। स्पेनमा संक्रमितको संख्या ४२ हजार ५८ रहेको छ भने ३ हजार ७ सयभन्दा बढी निको भएका छन्।

त्यस्तै संक्रमणको हिसाबले चीन र इटालीपछि तेस्रो नम्बरमा रहेको अमेरिकामा बुधबार बिहानसम्म ७ सय ८२ जनाको मृत्यु भएको छ। अमेरिकामा संक्रमितको संख्या ५४ हजार ८ सय ६७ पुगेको छ।

चीनमा भने पछिल्लो समय कोभिड–१९ को प्रकोप कम हुँदै गइरहेको छ। मंगलबार चीनमा थप ४ जनाको मात्रै मृत्यु भएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ। त्यस्तै मंगलबार थप ४७ जनामा भाइरसको संक्रमण देखिएको छ।

बुधबार बिहानसम्म चीनमा मृत्यु हुनेको संख्या ३ हजार २ सय ८१ पुगेको छ। ८१ हजार २ सय १८ मध्ये ७३ हजार ६ सय ५० जना निको भएको पनि आयोगले जानकारी दिएको छ।

कोभिड–१९ बाट अति प्रभावित १० मुलुक
देश संक्रमित मृत्यु
चीन ८१,२१८ ३,२८१
इटाली ६९,१७६ ६,८२०
अमेरिका ५४,८६७ ७८२
स्पेन ४२,०५८ २,९९१
जर्मनी ३२,९९१ १५९
इरान २४,८८१ १,९३४
फ्रान्स २२,३०४ १,१००
स्विजरल्यान्ड ९,८७७ १२२
दक्षिण कोरिया ९,१३७ १२६
बेलायत ८,०७७ ४२२

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal