प्रदेश

कालोबजारी बढ्यो: टमाटर हिजो ४० रुपैयाँ, आज १०० रुपैयाँ

कालोबजारी बढ्यो: टमाटर हिजो ४० रुपैयाँ, आज १०० रुपैयाँ

नेपालगञ्ज, नेपालगञ्ज उपमहानगरपालिकामा कालोबजारी बढेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले राति १२ बजेपछि लगाएको लकडाउनको फाइदा व्यापारीले उठाउन थालेका छन् । बजार पूर्णरुपमा बन्द रहेको अवस्था भएपनि केही व्यापारी पसल खुल्ला गरेर मौकाको फाइदा उठाइरहेको अवस्था छ ।

मंगलवार साँझ ४० रुपैयाँमा एक केजी पाउने टमाटर बुधवार विहान १० बजे सोही दोकानमा १०० रुपैयाँ केजी पुगेको नेपालगन्ज १८ कारकाँदोका सुरेश शाहको गुनासो छ ।

हिजो ४० रुपैयाँमा लगेको आज एक्कासि किन यति महंगो भनेर सोध्दा लगे लग्नु नत्र जानु भनेपछि लिन बाध्य भएको उहाँको भनाइ छ । यसमा स्थानीय प्रशासन मौन बस्नु आश्चर्यको विषय भएको उहाँको भनाइ छ ।

लकडाउनको मौका व्यापारीले उठाइरहेका छन् । अन्य सामानमा खासै कालोबजारी नदेखिए पनि तरकारीमा ह्वात्तै कालोबजारी बढेको नेपालगञ्ज १ का स्थानीय रुपवती चन्दको गुनासो छ ।

यस्तै नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले भने बन्दको फाइदा उठाउने व्यापारीलाई कानूनी कारवाही गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७