अन्तर्राष्ट्रिय

अमेरिकामा दुई नेपालीलाई कोरोना भाइरस संक्र’मणको पुष्टि

अमेरिकामा दुई नेपालीलाई कोरोना भाइरस संक्र’मणको पुष्टि

अमेरिकाको न्यूयोर्क राज्यमा बसोबास गर्ने दुई जना नेपालीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। दुवै जनालाई अहिले कुइन्सस्थित एल्मष्ट अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको छ। दुई जनामध्ये ५० वर्षीय एक नेपालीको अवस्था गम्भीर रहेकोो समाचार अन्ननपुर्ण पोष्टमा अनिल अधिकारीले लेखेका छन् ।

पुष्टि भएकामध्ये ४७ वर्षीय एक नेपालीले न्यूयोर्कमा उबर नामक ट्याक्सी चलाउँदै आएका थिए। पारिवारिक स्राेतकाअनुसार उबर चलाउने उनलाई सुरुमा उच्च ज्वरो आएपछि अस्पताल पुर्‍याइएको थियो। चिकित्सकको सल्लाह बमोजिम चारदिनपछि फलोअपका लागि अस्पताल पुग्दा उनको अक्सिनको लेबल कम भएको र निमोनि’या देखिएको जनाइएको छ।

उनकी श्रीमतीका अनुसार कोरोना संक्रम’णपछि परिवारको स्विकृतिमा अस्पतालले नशाबाट दिइने सेन्टरलाइन औषधी चलाएको छ।

यस्तै आइतबारनै न्यूयोर्क राज्यमै बसोबास गर्ने अर्का एक ५० वर्षीय नेपालीलाई पनि कोरोना संक्र’मण पुष्टि भएको छ। उनलाई पनि उच्च ज्वरो आएपछि अस्पताल पुर्‍याइएको थियो। उनको अवस्था अहिले गम्भी’र रहेको र श्वासप्रश्वासमा समस्या भएपछि भेन्टिलेटरमा राखेर उपचार गराइरहेको जनाइएको छ।

अस्पताल भर्ना भएका ५० वर्षीय ती नेपालीका छोराले दिएको जानकारीअनुसार उनलाई पहिले देखिनै मधुमेहको समस्या थियो। परिवारका सबै सदस्यको कोरोना चेकअप गरिएको र उनीहरुको मंगलबारसम्म रिर्पोट आउने बताइएको छ।

अमेरिकामा सक्रम’णको संख्या तीव्र

कोरोना भाइरस संक्र’मितको संख्या अमेरिका तीव्र रुपमा बढ्दै गएको छ। सं’क्रमितको संख्याका आधारमा अमेरिकामा अहिले तेस्रो स्थानमा छ। यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना संक्रम’णका कारण ज्यान गुमाउनेहरुको संख्या ४४० पुगिसकेको छ भने संक्र’मितहरुको संख्या ३३,३०० नाघेको छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal