प्रवास

बहराइनमा तीन नेपालीलाई कोरोना संक्र’मण

बहराइनमा तीन नेपालीलाई कोरोना संक्र’मण

विश्वका १८३ देशमा फैलिएको कोराना भाइरस’बाट तीन नेपाली सं’क्रमित भएका छन्। वैदेशिक रोजगारीका लागि बहराइन पुगेका नेपालीमा संक्र’मण देखिएको त्यहाँस्थित नेपाली दूतावासले पुष्टि गरेको छ।

‘बहराइन सरकारले तीन जना नेपालीमा कोरोना संक्रम’ण भएको र उनीहरुको उपचार भइरहेको जानकारी दिएको छ’, बहराइनस्थित नेपाली दूतावासले भन्यो, ‘हामी विस्तृतमा सोधखोज गरिरहेका छौं। केही समयपछि विस्तृत विवरण आउनेछ।’ बहरानमा हाल करिब ३५ हजार नेपाली कार्यरत छन्।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार बहराइनमा हालसम्म ३०१ जना कोरोना भाइरस संक्र’मित देखिएका छन्। सं’क्रमणबाट एक जनाको मृ’त्यु भएको छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal