विचित्र संसार

कोरोनाका कारण अत्याधिक बढ्यो से’क्स टो’यको बिक्री

कोरोनाका कारण अत्याधिक बढ्यो से’क्स टो’यको बिक्री

कोरोना भाइरसको कारण अहिले विश्वका धेरै देशमा संक’टको अवस्था छ । मुलुकहरू लकडाउनमा पुगेका छन् र धेरै जनताहरू घरभित्रै बसिरहेका छन् । यस्तो अवस्थामा मानिसहरूले खाद्यान्नलगायतका दैनिक उपभोग्य सामानहरू अत्यधिक मात्रामा खरीद गरेर घरमा सञ्चय गरिरहेका छन् ।

कोरोनाका कारण मानिसहरूले सामान्य अवस्थामा भन्दा धेरै किनमेल गरेर घरमा सामान थुपार्ने प्रवृत्ति सबै देशमा समान देखिन्छ । नेदरल्याण्डमा बजारमा गाँजाको किनमेल ह्वात्तै बढेको छ भने फ्रेन्चहरूले अत्यधिक मात्रामा रेड वाइन किनेका छन् । उता इटालियनहरूले भने चुरोट बढी किनिरहेका छन् । त्यस्तै, अष्ट्रियनहरूले चाहिँ पिठो र ट्वाइलेट पेपर बढी मात्रामा खरीद गरेका छन् ।

उल्लेखित उपभोग्य सामानहरूको खरीद प्रवृत्तिमा देशगत रूपमा भिन्नता भए पनि एउटा चिजको खरीद भने विश्वभर नै बढेको छ । कोरोनाका कारण सबैजसो देशमा उच्चदरमा बिक्री भएको चिज हो, से’क्स टो’य अर्थात् यौ’न खे’लौना ।

जब दैनिक आधारभूत आवश्यकता पूरा हुन्छ, तब मानिसहरू मनोञ्जनतर्फ आकर्षित हुन्छन् । जब सिनेमा जाने, थिएटर जाने, रेष्टुरेन्ट तथा बार अनि पवहरू जाने कुरा कोरोना कारण बन्द हुन्छ तब अविवाहित मानिसहरूसँग मनोरञ्जनको विकल्प सीमित हुन्छ । त्यसैले पनि होला घरभित्रै थुनिइरहेको बेला मन बहलाउन वा मनोरञ्जन प्राप्त गर्नका लागि मानिसहरूले से’क्स टोयको प्रयोग बढेको छ ।

अनलाइन से’क्स टो’य डिलर वुम्यानिजरका अनुसार, जनवरी यता से’क्स टोयको बिक्री तीव्र रूपमा बढेको छ । क्यानडामा से’क्स टोयको बिक्रीमा १ सय ३५ प्रतिशतले वृद्धि भएको छ । पश्चिमा मुलुकहरूमा मात्र होइन, चीनमा पनि से’क्स टो’यको माग जनवरी र फेब्रुअरी महिनामा ७१ प्रतिशतले बढेको छ ।

कोरोना भाइरसबाट सबैभन्दा धेरै मानवीय क्षति व्यहोरेको मुलुक इटालीमा पनि से’क्स टो’यको मागमा ६० प्रतिशतले वृद्धि भएको छ ।
उल्लेखित डाटा जनवरी १ देखि मार्च ६ सम्मको मात्र हो ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal