Uncategorized

काजल अग्रवालको माल्दिभ्सको समुद्रमा बो’ल्ड बिकिनी पोज (फाेटाे फिचर)

no-image

-दक्षिण भारतीय अभिनेत्री काजल अग्रवालको सुन्दरताको सदा चर्चा हुने गर्छ। उनि अहिले आफ्नो परिवारसँग माल्दिभ्समा विदा मनाउँदैछिन् । काजलले आफ्नो इन्स्टाग्राममा विदाका केही तस्वीर पोस्ट गरेकी छिन् भने इन्स्टा स्टोरीमा पनि काजलले माल्दिभ्समा क्रिसमसको लागि तयार गरिएको लाइटिङको दृश्य देखाएकी थिइन् ।

काजलले केही दिनअघि मैनको मूर्तिको लागि आफ्नो नाप दिएकी थिइन् । उनको उो मूर्ति सिंगापुरको म्याडम तुसाद म्युजियममा राखिनेछ । यसको अनावरण आगामी फेब्रुअरी ५ मा हुनेछ । कामको कुरा गर्दा काजल अब फिल्म मुम्बइ सागा र इण्डियन २ मा आउँदैछिन् ।

हेर्नुहाेस् उनका केहि तस्विरहरूः

याे पनि पढ्नुहाेस्ः
फिल्ममा प्रियंका कार्कीको व्यस्तता किन घट्यो
?

केही वर्ष अघिसम्म फिल्ममा प्रियंका कार्कीको ब्यस्तता साँच्चिकै लोभलाग्दो थियो। उनलाई फिल्ममा लिन निर्माता/निर्देशक मरिहत्ते गर्थै। उनी अभिनित फिल्म लगातार सिनेमाघरमा लाग्थे। अहिले न उनका फिल्म प्रदर्शनमा आएका छन्, न उनी नयाँ फिल्ममा अनुबन्धित भएको खबर नै सार्वजनिक भएका छन्।

‘प्रेम दिवस’पछि उनको नयाँ फिल्म प्रदर्शनमा आएका छैनन्। उनको एउटा मात्र फिल्म प्रदर्शनको तयारीमा छ। त्यो, फिल्म हो –लक्का जवान। यो फिल्म चैतको २१ गतेदेखि प्रदर्शनमा आउँदैछ। प्रियंका फ्याटफुट्ट म्युजिक भिडियोमा पनि देखिँदै आएकी छिन्। केही वर्ष अगाडी नम्बर वान अभिनेत्री मानिएकी प्रियंकाको व्यस्तता फिल्ममा एकाएक किन घट्यो होला? त्यो भने साँच्चिकै सोँचनीय छ।

याे पनि पढ्नुहाेस्ः
नेपाल–अष्ट्रेलिया सीधा हवाई उडानबारे अस्ट्रेलियाका अधिकारीसँग पर्यटनमन्त्रीले गरे छलफल

नेपाल र अष्ट्रेलियाबीच सीधा हवाई सेवा सञ्चालन गर्नेबारेमा बिहीबार क्यानबेरामा छलफल भएको छ । दुवै देशका उच्च अधिकारी सम्मिलित वार्तामा हवाई सम्झौता कार्यान्वयनका सम्बन्धमा छलफल भएको हो । परराष्ट्रमन्त्री योगेश भट्टराई र अष्ट्रेलियाको भौतिक पूर्वाचार, यातायात र नागरिक उड्डयनसम्बन्धी विभागका महाप्रबन्धक जिम वल्फको टोलीबीच सकारात्मक छलफल भएको नेपाली दूतावासले जनाएको छ । गत अक्टोबरमा दुवै देशबीच हवाई सम्झौता भएसँगै सीधा हवाई सेवाको बाटो खुलेको छ । दुई वदेशबीच सीधा हवाई सेवा सञ्चालन गर्ने सम्बन्धमा सकारात्मक छलफल भएको र यसले चाँडै परिणाम दिने पर्यटनमन्त्री योगेश भट्टराईले बताए । भ्रमण वर्षको प्रचारका क्रममा मन्त्री भट्टराई अष्ट्रेलिया पुगेका हुन् ।

याे पनि पढ्नुहाेस्ः
विराटनगरका व्यावसायीहरुले पाम आयलमा गरेको ठूलो लगानी जोखिममा परेको छ । भारतले विदेश व्यापारनीतिमा परिवर्तन गर्दै पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि व्यावसायीहरुको लगानी जोखिममा परेको हो । पाम आयलको माग भारतमा उच्च छ । नेपालबाट निकास हुने प्रमुख वस्तुमध्ये एक पाम तेल नै हो ।

भन्सार कार्यालय विराटनगरका प्रमुख शिवप्रसाद भण्डारीका अनुसार पछिल्लो पाँच महिनामा ६ अर्ब ४२ करोड ९२ लाख मूल्य बराबरको पाम आयल निर्यात भएको छ । साउनदेखि मंसिरसम्म ६ हजार २ सय ३३ मेट्रिकटनको निर्यात हुँदा सोही अवधिमा ५ हजार ६ सय ९० मेट्रिकटन कच्चा पाम तेल आयात भएको भण्डारीले बताए । भारतको यस्तो कदमसँगै पाम आयलमा लगानी गरेका व्यवसायीहरू चिन्तित बनेका छन् ।

एक्कासि भारतले प्रतिबन्ध लगाएपछि नेपाली उद्योगीको लगानी जोखिममा परेको मोरङ व्यापार संघका पूर्व अध्यक्ष अभिनास बोहरा बताउँछन् । पाम आयल उद्योग सञ्चालन गरिरहेका उद्योगी बोहराका अनुसार भारतको प्रतिबन्धले नेपालको व्यापार घाटालाई ठूलो प्रभाव पार्ने छ । उनका अनुसार, निर्यात राम्रो भएका करण नेपालका उद्योगहरु राम्रोसँग चलेका थिए । उद्योगीहरुले लेटरअफ क्रेडिट (एलसी) खोलेका ठूलो मात्रामा कच्चा पदार्थ आयात गरिरहेका छन् । विराटनगरका पाँच उद्योगले ठूलो मात्रा कच्चा पदार्थ आयतका लागि तयारी गरेको बोहराले बताए ।

विराटनगरमा स्वस्तिक ओइल, श्रीराम रिफाइनरी, क्वालिटी आयल, बाबा भेजिटेबल र पशुपति खाद्य तेल उद्योगले पाम आयल भारत निर्यात गर्दै आएका छन् । ती उद्योगले ठूलो मात्रामा कच्चा पदार्थ माग गरेका छन् । पाम आइल आयातमा भन्सार छुट दिएको छ । आयत गर्दा १० प्रतिशत बैंक ग्यारेन्टी राख्नुपर्ने प्रावधान छ । आयात गरेको एक वर्षभित्र निर्यात गरे व्यावसायीले थप सुविधा प्राप्त गर्नेछन् । यदि निकासी नगरेको अवस्थामा ग्यारेन्टीको १५ प्रतिशत जरिवाना पर्छ । चालू आवको पाँच महिनामा नेपालले ११ अर्ब ५५ करोड रुपैयाँको पाम तेल भारतमा निकासी गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

इन्डोनेसिया र मलेसीयाबाट कच्चा पाम तेल आयात गरी नेपालका उद्योगले प्रसोधन गरी भारत निर्यात गर्दै आएका छन् । भारतले नेपालबाट पाम तेल निर्यात गर्दा भारतमा राजस्व तिर्नुपर्दैन । तर भारतका व्यापारीले अन्य देशबाट आयात गर्दा ४० प्रतिशतसम्म भन्सार महसुल तिनुपर्छ । भारत–पाक विवादको बाछिटा नेपालमा जम्मु–कश्मिरलाई लिएर भारत र पाकिस्तानबीच विवाद छ । नेपालबाट पाम निर्यात प्रतिबन्धमा दुईदेशबीचको द्वन्द्व मुख्य कारण रहेको स्रोत बताउँछ । भारतमा पाम ओइल आयात हुने मुख्य देश इन्डोनेशिया र मलेसिया हुन् ।

नेपालले पनि इन्डोनेशिया र मलेसियाबाट नै कच्चा पदार्थ आयात गरी भारत निर्यात गर्दै आएको थियो । तर पाकिस्तान भारतको विवादका क्रममा इण्डोनेसियाले पाकिस्तानलाई समर्थन गरेपछि भारतले पाम तेल आयातमा प्रविन्ध लगाएको स्रोत बताउँछ । मलेसियाले कस्मीर प्रकरणमा पाकिस्तानलाई समर्थन गरेपछि भारतले पाम तेल आयातमा प्रतिबन्ध लगाएको ठानिएको छ । मलेसियाका प्रधानमन्त्री मोहम्मद महाथिरले भारतले कस्मीरको विषयमा लिएको कदमको आलोचना गरेका थिए । भारतको अघोषित व्यापार युद्धको असर नेपाली व्यावसायीलाई परेको हो ।

याे पनि पढ्नुहाेस्ः
आरनमा ५० वर्ष : ‘छोरा पाउनु मात्रै, बरु छोरीले हेर्छन्’

५२ वर्षको उमेरमा श्रीमती गु*माए । आगो, कोइला र फलामसँग खेल्दै उनले अनेक कुइँनेटा छिचोले । तीन छोरा र दुई छोरी आ–आफ्नो घरगृहस्थी सम्हाल्न पुगे । उमेरले ७० टेकेका उनीसँग सम्पत्तिका नाममा दुई सुर्का पाखोबारी छ । घन ठटाउने तागत घटिसक्यो, खेतीपाती परकै कुरा भयो । पर्वतको लाङ्दीबाट उनको परिवार कास्कीको घलेल सर्‍यो ।

उनकाे जिवन कहिले पर्वत त कहिले घलेल ओहोरदोहोर गर्दै हुर्किए । १९ वर्षको उमेरमा गाउँकै सुकमायालाई भित्र्याए । बिहेपछि फौजमा भर्ती हुन दिल्ली पुगे । भर्तीमा फालिएपछि गाउँ फर्किएर बाबुबाजेको पेसा थामे । आरनको सीप उनले बाल्यकालदेखि नै सिकेका थिए । गाउँभरिकाले बाली दिँदा खानलाउन पुग्थ्यो । छोराछोरी भए । सुकमायालाई क्यान्सरले च्याप्यो । माइलो छोरा मनबहादुर र जेठी छोरी रामकुमारीले उपचार गर्न भारत लगे । सुकमायाले उतै देह त्यागिन् । मनबहादुर र कान्छो छोरा कालुले उतै आमाको किरिया गरे ।

आमा बित्नु वर्ष दिनअघि कतार गएका जेठा छोरा रामप्रसादसँग ललितबहादुरको न भेटघाट छ, न त छोराको अवाज नै सुन्न पाएका छन् । १५ वर्ष भयो उनी बुवालाई सम्झिएर घर नफर्केको । रामले श्रीमती र दुई छोरालाई पोखरामै राखेका छन् । छोरासँग ठाकठुक परेको ललितबहादुरलाई सम्झना छैन । तर, जेठो छोरा कतारबाट पोखरा आउँछन्, दुई घण्टा परको घलेलमा भएका बुबालाई भेट्न पुग्दैनन् । दुई नाति भने कहिलेकाहीँ पुग्छन् ।

भारतको हिमाञ्चल प्रदेशमा मजदुरी गर्ने माइला र कान्छो छोरा भेट्न नआएको पनि ९–१० वर्ष पुग्यो । फोन पनि गर्दैनन् । ‘छोराहरूले फोन पनि गर्दैनन् । टाढाबाट पैसा धेरै लाग्छ भन्थे,’ उनले भने, ‘जति खर्च भए पनि बा सम्झेर फोन गर्नुपर्ने हो ।’ फोनै नगर्ने छोराहरूले खर्चपानी हेर्ने कुरै भएन । उनलाई सम्झने भनेको कान्छी छोरी बुद्धिकुमारीले हो । उनी बिहे गरेर हेमजा मिलनचोकमा बस्दै आएकी छन् । दिनमा एकफेर बालाई फोन गर्छिन् ।

चाडबाडमा माइत आउँछिन् । ज्वाइँ विदेशबाट आउँदा धेरथोर खर्च दिन्छन् । ‘छोरा पाउनु मात्रै भयो, बरु छोरीले हेर्छन्,’ रित्तो घरतिर हेर्दै उनले भने, ‘छोरा जन्माइयो, हुर्काइयो, २/४ कक्षा पढाइयो । अहिले आफ्नो नोकरी गर्ने भए, मलाई हेरेनन् ।’ एक्लै बस्नुपर्दा उनको मनमा नानाथरी कुरा खेल्छन् । एक्लै पकाउ, खाउ । आरन बिसाउँदा खाजा बनाएर खुवाउने श्रीमती छैनन् । बिरामी पर्दा बोकेर लैजाने छोराछोरी छैनन् । एकाबिहानै हजुरबालाई उठाउन नातिनातिना आउँदैनन् । पनाति पनातिनीका तोतेबोली सुन्नै पाएनन् तर घरका चार भित्ताभित्र छ त केवल सन्नाटा मात्रै ।

‘उमेर छँदा श्रीमती नभए पनि हुँदोरै’छ,’ रसाएका आँखा, अवरुद्ध गलामा उनले भने, ‘यही बेला रै’छ, बूढाबूढी चाहिने ।’ महिलालाई भन्दा पुरुषलाई बुढेसकाल काट्न गाह्रो हुने उनको अनुभव छ । ‘बूढी हुन्थी भने छोराछोरी लाइनमा बस्थे होलान्, आयआर्जन हुन्थ्यो, छरछिमेक पनि खुसी हुन्थे होलान्,’ उनी भन्छन्, ‘कोही नहुँदा घरमा आगो निभ्यो, जोरी शत्रु हाँसेका छन् ।’

घलेलमै खेतीपातीको चलन घट्यो । कोदो, मकै लाउँदैनन् । धेरैजसो जमिन बाँझो छ । गाउँमा रेमिट्यान्स पसेको छ । अन्न बजारबाटै जान्छ । ‘डिंगा पाल्न पनि छोडे, गोबर मल नभई खेती हुन्नँ,’ ललितबहादुर भन्छन्, ‘मल नपुगेर हो कि खेती नगरेका ।’

खेती नभएपछि उनीसँग आउने काम पनि घटेको छ । खेतीपातीलाई चाहिने बाउसो, आँसी, फालीजस्ता औजार बनाउन कमै आउँछन् । कम काम आएपछि उनको आम्दानी पनि घटेको छ । ग्राहकले पहिला बाली दिँदा खानलाउन पुग्थ्यो । तीन खाल मकै, दुई–चार मुरी कोदो हुन्थ्यो । उभ्रेको बेच्थे पनि । त्यसैले चोखिन, मरमसला, लत्ताकपडा जोड्थे । पोहोरबाट गाउँलेले बाली दिन छाडे ।

बाली बुझ्दा काम जति भए पनि सबै घरबाट उत्तिनै अन्न पाउँथे । नगद बुझ्दा काम गरेअनुसार पाउँछन् । ‘खेतीपाती धेरै हुन्थ्यो भने औजार बनाउन पनि धेरै आउँथे, आम्दानी पनि धेरै हुन्थ्यो,’ उनी भन्छन्, ‘अहिले काम थोरै आउनी भएर खानलाउनै धौ छ । कसैले बाँकी राख्छन् । मिहिनेतअनुसार पाउँदिनँ ।’ घलेल र सिदिङबाट आउने स्थानीयले हसियाँ अर्जापेको १५–२० रुपैयाँ दिन्छन्, ओदानको खुट्टा जोडेको ५० रुपैयाँ । त्यतिले उनलाई घर खर्च चलाउन हम्मे–हम्मे पर्छ । तीन–तीन महिनामा पाउने वृद्धभत्ताले भरथेग गरेको छ ।

याे पनि पढ्नुहाेस्ः
श्रीमतीलाई खुसी बनाउने यी २५ सुत्रहरू !

पाेखरा २५ पुस- नेपाली समाजमा थुप्रै कारणहरुले डिभोर्सको घटना दिन प्रतिदिन बढ्दै छ । कतै तपाईले आफ्नो श्रीमतीलाई खुसि पर्न नसकेर तपाईको परिवारिक जीवनमा खटपट त परेको छैन ? सामाजिक संजालमा चितपरिचित ले खेक गणेश ज्ञवालीले तयार पारेका श्रीमतीलाई खुसी बनाउने २५ सुत्रहरूयी सुत्रहरु अपनाउनुभयो भने तपाइको परिवारमा कहिले पनि झगडा हुदैनः

१. श्रीमतीको मूड हेरेर मात्र मायाले सताउने । नत्र महिला हिंसा र बलात्कारको आरोप खेप्नु पर्ला।
२. श्रीमतीका कुरा सुन्ने र उसको माँग अनुसारको शपिंग गरीदिने। बजार जादा आउदा श्रीमतीको झोला बोक्ने।
३. श्रीमतीले बोलेको जोक्समा हास्ने र दुःखको कुरा गरे, हो मा हो मिलाएर संगै रोएझै गर्ने।
४. आफु जा गएपनी मोबाइलको लोकेशन ट्र्याकर On राखेर हीड्ने र कस्लाई भेट्न गएको फोटो खिंचेर श्रीमतीलाई पठाउने

५. सकेसम्म सत्य बोल्दिने। झुठै बोल्नु परे अली सीरीयस भएर, हो की झै पारेर बोल्ने। झुट पकड़े, म जिस्केको भनी ठट्टा गर्ने।
६. बेला-बेला घुम्न लैजाने। बजार पुगे लगतै श्रीमती लाई बैंक कार्ड र पर्स दीने अनि मन लागेको किन भनी लुरुलुरु दिन भर पसल चार्दै श्रीमतीको अगी-पछी हिड्ने।
७. अफीसको कामले दिक्दार भएपनी, घरमा प्रवेश गर्ने बित्तिकै, खिस्स हास्ने र चुलो चौकामा साथ दिने।
८. श्रीमतीका साथीहरूको सम्मान गर्ने र खाजा नास्ताको जोहो गर्ने अनि श्रीमतीकै साथी बीच बसेर कुरा सुनीदिने।
९. आफ़्ना परिवार र साथीभाई माँझ श्रीमतीको प्रशंसा गर्ने। श्रीमतीका नराम्रा कुरा गर्दैनगर्ने।

१०. फेसबुकमा कुनै केटीको फोटोमा लाइक कमेंट्स गर्दा १० पटक श्रीमतीलाई सम्झेर मात्र बटन थिच्ने। सलाईको काटीले चुलो मात्र होईन घरपनी जलाउन सक्छ।
११. काली, परी, माया, बेबी र मेरो महारानी भनेर बोलाउने ।
१२. कुनै अन्य राम्री केटी संग तुलना गर्दै नगर्ने। बरु नराम्री केटीको फ़ोटो देखाएर यो भन्दा राम्री त तिमी छौ भनी मक्ख पार्ने।
१३. भूलेर पनी श्रीमतीका बाउआमाको नराम्रो पक्ष ननिकाल्दिने। सकेसम्म माईतीको कुकुर र भैसिको पनी भरपूर तारीफ गर्ने।
१४. घर सफा, गर्ने, कपड़ा धुने, बजार जाने र खाना पकाउने। अफिसको लागी आफ्नो खाजा आफै पोको पार्ने।

१५. बाहिर निस्कदा आफ्नो गन्तव्य सुनाएर निस्कने र छिटो घर फ़र्किने। रक्सि पिउन मनलागे गोजिमा २ दाना ल्वांग र लसुन बोकेर हिड्ने। घर प्रवेश गर्नु पूर्व चपाउने।
१६. आफू जतिसुकै बिजि भएपनी दिउँसो १०/१५ पटक सम्झिने फोन गरेर Love you Baby भन्ने। विवाहको सधै औठी लगाउने र मोबाइलको स्क्रीन र पर्समा श्रीमतीको फोटो राख्ने।
१७. श्रीमतीले जस्तोसुकै स्वादको खाना पकाएपनी, तीम्रो हात त सारै मिठो छ भन्ने। खाना संगसंगै श्रीमतीको हात सुमसुमाउने।
१८. पूराना कुरा निस्के, तिमी राम्री भएर त हो टोलका केटाहरू अहिलेसम्म तीम्रो पछी परेको भन्ने।
१९. हरेक कुराको अधिकार श्रीमती लाई दिने। उसको योजना गलतै भएपनी, श्रीमतिको निर्णयमा सहमत हुने।

२०. अफिसको काम र साथीभाईका कुरा श्रीमतीलाई नसुनाउने तर श्रीमतीले रातभर जे बरबराएपनी ध्यान दिएर सुन्ने।
२१. श्रीमती कतै हिड्ने बेलामा श्रीमतीको पहिरनको टिकाटिप्पणी नगर्ने। सोधिहाले, अप्सरा झै देखीए की छौ भनेर कालो टिका लगाई दिने।
२२. श्रीमतीले किनेका कपड़ा र जोडेका सामान धेरै भयो भन्दै नभन्ने।
२३. श्रीमती उठ्ने बित्तिकै चिया बनाउने, दूध-चिनी धेरै-थोरै भयो भने, फेरी अर्को कप चिया बनाएर दिने तर कैचि झै थुतुनो नचलाउने।
२४. बिपनाको कुरा छाडौ, सपनामा पनी परस्त्रीको सपना नदेख्ने। देखीहाले चुपचाप बस्ने श्रीमतीलाई नसुनाउने।
२५. श्रीमतीले ल्याईदिएको सामान मन नपरे पनी आहा ठ्याकै मेरो मनले खोजेको पाए भनी तारीफ गर्ने।

याे पनि पढ्नुहाेस्ः
चलचित्र ‘पर्खिबसे २’ बाट नायक बन्दै रवि लामिछाने

पाेखरा २५ पुस- नेपाली चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेको पत्नी नीकिता पौडेलले फिल्म निर्माण गर्ने भएकि छिन् । गोपीकृष्ण मुभिजले हिमालयन मुभी स्टुडियोसँगको सहकार्यमा चलचित्र ‘पर्खी बसें’ को नयाँ सिरिज दर्शक माँझ ल्याउने भएको छ । गोपीकृष्ण मुभिजकी नीकिता पौडेल र हिमालयन मुभी स्टुडियोको विनोद सापकोटाबीच सहमति अनुसार ‘पर्खी बसें २’ निर्माण हुने भएको हो ।

यसैबिच, समाजिक संजालमा रवि लामिछानेले फिल्म खेल्ने कुरा चर्चामा आएको छ । पत्नीको लगानीमा बन्ने फिल्ममा लामिछानेले नायकको भुमिका खेल्ने चर्चा बढ्दै गएको छ । तर, आधिकारीक रुपमा भने रविले उक्त कुरा स्विकारेका छैनन् । रविको ‘लिडर’ भन्ने शो संचालनमा आउन लागेकाले पनि फिल्ममा उनी खेल्ने अनिश्चित नै हो ।

यस चलचित्रमा नीकिता र विनोद सापकोटाकै लगानी रहनेछ भने प्रदीप दाहाल र तीर्थप्रसाद पौडेल सहनिर्माताको रुपमा रहनेछन् । २०६४ को चैत अन्तिममा प्रदर्शनमा आएको चलचित्र ‘पर्खी बसें’ लाई दीपक श्रेष्ठले निर्देशन गरेका थिए । यसको दोस्रो सिरिजलाई ‘लभ डायरिज’ निर्देशक सौरभ चौधरीले निर्देशन गर्नेछन् । चलचित्रमा कथा पनि उनकै रहनेछ ।

फिल्म सांगीतिक प्रे‘म कथामा आधारित रहने छ । फिल्ममा रहने कलाकार र प्राविधिक औपचारिक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गर्ने तयारीमा टिम रहेको छ । यसको पहिलो सिरिजमा राज बल्लभ कोइराला, युना उप्रेती, निखिल उप्रेती लगायतको अभिनय रहेको थियो । उक्त समयमा यसको गीतसंगीतलाइ दर्शकले रुचाएका थिए भने पछि फिल्म पनि सुपरहिट भएको थियो ।

प्रतिक्रिया दिनुहोस