मनोरञ्जन

ट्रम्पले किमलाई यसरी दिए जन्मदिनको शुभकामना

ट्रम्पले किमलाई यसरी दिए जन्मदिनको शुभकामना

पुस- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई जन्म दिनको शुभकामना सन्देश पठाएका छन्। शुक्रबार राष्ट्रपति ट्रम्पले नेता किमलाई शुभकामना सन्देश पठाएको दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ इ–योङले जानकारी दिएका हुन्। वासिङटनमा भेटघाट गरेका चुङलाई ट्रम्पले उनीमार्फत सन्देश पठाउन आग्रह गरेका हुन्।

उक्त शुभकामनाको सन्देश नेता किमले बिहीबार प्राप्त गरेका थिए। ‘राष्ट्रपति ट्रम्पलाई भेटेको दिन नेता किमको जन्म दिन थियो, जुन उनलाई याद थियो,’ उनले दक्षिण कोरियामा फर्केर भने ‘ट्रम्पले मलाई सन्देश पठाइदिन आग्रह गरेका थिए।’किमको जन्मदिन जनवरी आठ तारिखमा हो। उनी सन् १९८४मा जन्मिएका हुन्।

याे पनि पढ्नुहाेस्ः
रातको बेला खान नहुने यी १० खानेकुरा

पाेखरा २६ पुस- हरेक व्यक्तिको खानासँग जोडिएको फरक फरक आदतहरु हुन्छन् । कोही बेलुका चाँडै खाना खान्छन् भने कोही अबेलासम्म खाँदैनन् । शरीरमा हाम्रो खानपानसँग जोडिएको आदतको प्रभाव पर्दछ । तर तपाईले रातको समयमा खाने खानेकुराले शरीरलाई मात्र होइन, निन्द्रालाई समेत असर गर्दछ । केही यस्ता खानेकुराहरु छन्, जसलाई सुत्नुअघि खाँदा निन्द्रा नै लाग्दैन ।

आयुर्वेद विज्ञानका अनुसार पनि सुत्नुभन्दा दुई घन्टा वा त्यो भन्दा अघि नै खाना खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । खाना खानासाथ सुत्नाले मोटोपन बढ्दछ । यसले हाम्रो पाचन प्रणालीलाई पनि असर गर्दछ । खाना खानु लगत्तै अगाडि खानेकुरा पचाउनको लागि एकदम सजिलो हुने हल्का खानेकुरा हुनुपर्छ ।

सुत्नुअगाडि अत्यधिक क्यालोरी भएको खानेकुरा खानाले मुटु दुख्ने समस्या पनि हुनसक्छ । यसको साथै केही वस्तुहरु यस्ता हुन्छन्, जसको सेवन सुत्नुअघि गर्दा शरीरलाई अत्यधिक नोक्सानी पुर्‍याउन सक्छ । यहाँ हामीले सुत्नुअघि खान नहुने केही खानेकुराको बारेमा जानकारी दिने प्रयास गर्नेछौं–

१. मांसाहार प्रोटिन र लौह पदार्थको राम्रो स्रोत हो । यसर्थ, सुत्नु अगाडि मांसाहार गर्नाले सुत्नासाथ आरामदायक निन्द्रा नपर्न सक्छ ।
२. धेरे फाइबर भएका सागसब्जी वा खाद्य पदार्थ जस्तो कि काउली, प्याज, बन्दागोभी जस्ता खाद्यपदार्थको सेवन राति सुत्नु अगाडि गर्नु हुँदैन । किनकी यसमा तत्काल नपच्ने फाइबर (रेशा)हरु मात्रा अत्यधिक हुन्छ । यसकारण तपाई यस्ता खानेकुरा खाएपछि लामो समयसम्म अघाएकोजस्तो महसुस गर्नुहुन्छ । कहिलेकाँही पेट फुलेको जस्तो महसुस पनि हुनसक्छ ।

३. सुत्नुभन्दा अगाडि कहिले पनि डार्क चक्लेट पनि खानु हुँदैन । यसमा क्याफिन र अन्य कयौं पदार्थ हुन्छन् । यसले मुटुको नियमित कामको क्षमता बढाउँछ । यसबाट गहिरो निन्द्रा पर्दैन र मष्तिष्क पनि शान्त रहन पाउँदैन ।

४. रातिको खानामा तपाई पिजा खानुहुन्छ भने यो बानी स्वास्थ्यका लागि ठिक होइन । किनकी यसलाई पचाउन शरीरलाई धेरै नै पापड पेल्नुपर्छ । दिउँसो पनि पाचन प्रणालीले पिजाको मुकाबिला सजिलोसँग गर्न सक्दैन भने राति के होला ? तपाईं सहजै अनुमान गर्न सक्नुहुन्छ । जबकि रातको समय पाचन प्रणालीको आराम गर्ने समय हो । पिजामा चिल्लो पदार्थ अत्यधिक हुन्छ । यसमा एसिड पनि अत्यधिक हुन्छ, जसले मुटु दुख्ने समस्या पनि निम्त्याउन सक्छ ।
वन्लीआयुर्वेद डटकमको सहयोगमा
५. पास्ता तत्काल तयार बनाएर खान मिल्ने खानेकुरा हो । यसर्थ, सुत्नुअघि प्रायः मानिसहरुले हतारको बेला पास्ता बनाएर खान्छन् र सुत्छन् । पास्तामा अत्यधिक कार्बोहाइड्रेट र यस्तै कयौं पदार्थहरु हुन्छन्, जसलाई शरीरले तत्काल पचाउन सक्दैन । सुत्नुअघि पास्ता खानाले कब्जियत र हाइपर एसिडिटीजस्ता समस्याहरु हुनसक्छ ।

६. ज्यादा मसलेदार खाना र पिरो खानेकुरा पनि सुत्नुअगाडि खानु हुँदैन, यसले शरीरमा पित्त बढाउने काम गर्दछ । खुर्सानीलाई अन्य कुरामा मिसाएर खानु स्वास्थ्यका लागि अत्यधिक फाइदाजनक हुन्छ तर अत्यधिक पिरो र मसालेदार खानेकुरा भने स्वास्थ्यको लागि हानिकारक हुन्छ, अझ सुत्नु अघि त यसलाई खानु नै हुँदैन ।

७. चीज बर्गरमा अधिकमात्रामा अत्यधिक मात्रामा चिल्लो पदार्थ हुन्छ । यसकारण रातको समयमा चीज बर्गर खानाले राम्रोसँग पच्दैन । यसले पेटसँग जोडिएका कयौं बिरामी हुनसक्छ ।
८. स्न्याक्स, चिप्स आदिको सेवन पनि सुत्नु अघि खानु हुँदैन । यसले शरीरलाई नोक्सानी पुर्याउँछ । किनकी यसमा अत्यधिक मात्रामा मोनोसोडियम ग्लूटामेट हुन्छ । यसर्थ, निन्द्रासँग सम्बन्धित विभिन्न प्रकारका समस्याहरु आउन सक्छन् ।

९. सुत्नु अघि अबेर राति मिठाई खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ । मिठाईले दाँत खराब गर्दछ । यसले मोटोपन बढाउनुका साथै शरीरमा पनि नकरात्मक असर पार्दछ ।
१०. चाउचाउमा अत्यधिक क्यालरी हुन्छ । यसकारण यसलाई सुत्नुअघि खानु हुँदैन । भोक लाग्दासाथ तत्काल तयार बनाउन सकिने चाउचाउमा हुने अत्यधिक कार्बोहाइड्रेड बोसोमा बदलिन्छ । सुत्नुअघि चाउचाउ वा चाउमिन खानाले यसले पेटसँग सम्बन्धित अनेक समस्या निम्त्याउँछ । यसर्थ, सुत्नुअगाडि वोसोयुक्त खानेकुराहरु खानुहुँदैन ।

याे पनि पढ्नुहाेस्ः
जापानीहरु किन खान्छन् सखरखण्ड ?

पाेखरा २६ पुस- संसारमा सबैभन्दा लामो आयु बाँच्छन्, जापानीहरु । जापानको पनि ओकिनावाका बासिन्दा सबैभन्दा बढी बाँच्छन् । आखिर उनीहरुको दीर्घायुको रहस्य के हो ? यस सम्बन्धमा अनेकन खोज भएका छन् । हुन त हामी चाहन्छौं, लामो आयु बाँच्न पाइयोस् । तर लामो आयु पाउनका लागि के गर्नुपर्छ ? यसमा हाम्रो खानपान, जीवनशैली जिम्मेवार छ वा जन्मजात गुण ? हामी बसेको हावापानी वा अन्न उत्पादन पो जिम्मेवार छ कि ?

सदियौंदेखि यस किसिमको खोज भइरहेको छ । यही खोज अहिले जापानको ओकिनावामा केन्दि्रत भएको छ । ओकिनावामा हरेक एक लाख जनसंख्यामध्ये ६८ व्यक्ति सय बर्ष माथिका हुन्छन् । उनीहरु सयबर्ष भन्दा बढी बाँच्छन् । त्यो पनि तन्दुरुस्त र निरोगी ।

उनीहरु यति लामो आयु बाँच्नुमा वंशानुगत गुण हो कि, खानपान ?
ओकिनावाका वासिन्दा खानामा प्रोटिनभन्दा बढी कार्बोहाइड्रेट लिने गरेका छन् । त्यसमा पनि धेरैभन्दा धेरै सखरखण्ड खाने गरेको पाइयो । उनीहरुलाई धेरैजसो क्यालोरी शखरखण्डबाट मिल्छ । रिसर्चबाट थाहा लागेको छ कि धेरै कार्बोहाइड्रेटयुक्त खानेकुरा सेवन गर्नाले हाम्रो शरीरमा यस्ता केही प्रतिक्रिया हुन्छ, जसले उमेर बढ्ने क्रम धीमा गरिदिन्छ । साथसाथै बढी कार्बोहाइड्रेटयुक्त खानेकुराले हामीलाई उमेर बढेसँगै हुने रोग जस्तो क्यान्सर, अल्जाइमर वा मुटुको रोगबाट बचाउँछ । ओकिनावामा मानिस लामो उमेरसम्म बाँच्छन् । तर, उनीहरु बुढ्यौलीमा अशक्त वा अर्कामाथि आश्रति हुँदैनन् । त्यहाँ मानिसहरु बुढ्यौलीको अन्तिम चरणसम्म सक्रिय रहन्छन् ।

ओकिनावामा बुढापाकाहरु ९७ बर्षको उमेरसम्म आफ्नो सबै काम आफै गर्छन् । उमेरसँगै आउने रोगहरुले उनीहरुलाई खास असर गर्दैन । क्यान्सर, मधुमेह, डिमेन्शिया र मुटुको रोग यहाँका मानिसहरुलाई कम मात्रा हुनेगर्छ । भनिन्छ, ओकिनावाका मानिसहरुको खानपानमा पनि उनीहरुको लामो आयुको राज लुकेको छ ।

एशियाका वासिन्दाले जस्तै ओकिनावाका मानिसले मूख्य भोजनको रुपमा चामललाई लिदैनन् । उनीहरु सखरखण्ड सेवन गर्छन् । सखरखण्ड यहाँ १७ औं सताब्दीमा नेदरल्यान्डबाट समुन्द्री कारोबारको माध्यामबाट पुगेको थियो । यसका साथै ओकिनावाका मानिसहरु हरियो, पहेंलो सब्जी र सोया उत्पादन पनि एकदम बढी सेवन गर्छन् ।

ओकिनावाका मानिसहरु सुँगुरको मासु, माछा र अरु किसिमको मासु पनि सेवन गर्छन्, तर यसको मात्रा एकदम कम हुन्छ । कुल मिलाएर ओकिनावाका परम्परागत भोजन भनेको हरियो सब्जीले भरपुर हुन्छ । यसमा सबै आवश्यक भिटामिन र खनिज हुन्छ । तर, यसमा क्यालोरी कम हुन्छ । वैज्ञानिकहरु भन्छन् कि, कम क्यालोरीयुक्त डाइटमा ओकिनावाका वासिन्दाका लामो उमेरको राज लुकेको छ । सन् १९३० को दशकदेखि धेरै चिकित्सक वा वैज्ञानिकले यो सल्लाह दिदै आएका छन् कि, जति कम क्यालोरी खानुहुन्छ, उत्तिनै तौल नियन्त्रण हुन्छ । यसबाट तपाईंको उमेर पनि प्रभावित हुन्छ ।

यस तर्कलाई सावित गर्ने गरी बाँदरमाथि पनि प्रयोग भएको थियो । ३० प्रतिशत कम क्यालोरीवाला खाना दिइएको बाँदरको मृत्युदर घटेको पाइयो । बाँदरमाथिको यो अध्ययन २० बर्षसम्म चलेको थियो । कम क्यालोरी खाने बाँदर लामो समयसम्म जवान पनि देखिन्थ्यो । उनीहरुमा बुढ्यौलीको संकेत देखिदैनथ्यो । रौं पनि युवाअवस्थामा जस्तै चम्किलो थियो ।

मानिसमाथि त यस किसिमको अध्ययन भएको छैन । यद्यपी अमेरिकाका नेशनल इन्स्िटच्युट अफ एजिङले हालै दुई बर्षसम्म यस्तै रिसर्च गरेको थियो । कम क्यालोरी खाने वयक्तिको स्वास्थ्यबाट थाहा भयो कि, उनीहरुलाई मुटुको रोग हुने खतरा निकै कम थियो । उनीहरुको उच्च रक्तचाप र कोलोस्ट्रोल पनि नियन्त्रित रहेको पाइयो ।

कम क्यालोरीयुक्त खानेकुरा किन यति फाइदाजनक छ ?
यसको ठोस जवाफ अहिलेसम्म फेला परेको छैन । एक संभावना के छ भने यसले हाम्रो शरीरको कोशिकामा अलग किसिमको संकेत मिल्छ । हाम्रो शरीर नयाँ कोशिकाको विकासको कारण मौजुद कोशिकाको संरक्षण र त्यसको मर्मतमा बढी ध्यान दिन्छ । यसको अर्थ कम क्यालोरी लिनाले कोशिकामा विषाक्त तत्व कम जम्मा हुन्छ । सामान्था सोलोन बिएटले जनवारमाथि गरेको रिसर्चमा पायो कि, कम प्रोटीन र धेरै कार्बोहाइड्रेटयुक्त खानपानले तमाम जीवको दिमाग धेरै लामो समयसम्म जवान रहन्छ ।

प्रतिक्रिया दिनुहोस