मनोरञ्जन

आजबाट ४६ बर्षमा प्रवेश ऋतिक रोशन

आजबाट ४६ बर्षमा प्रवेश ऋतिक रोशन

बलिउडमा ह्यान्डसम नायक ऋतिक रोशन आजबाट ४६ बर्षमा प्रवेश गरेका छन् । ऋतिक बलिउडमा प्रवेश गरेको पनि २० बर्ष भएको छ । ऋतिकले अभिनय गरेको पहिलो बलिउड चलचित्र ‘कहो ना प्यार हे’ हो । यो चलचित्र बक्स अफिसमा सुपरहिट भएसँगै ऋतिकको करिअर उदायो । उनी अभिनित २ चलचित्र गतबर्ष रिलिज भए र बक्स अफिसमा सुपरहिट भए । ऋतिक अभिनित ‘कृष’को २ सिरिजले पनि उनलाई नयाँ उचाइमा पुर्यायो । ‘जिन्दगी ना मिलेगा दोबरा, काबिल, सुपर ३०, कोई मिल गया’ लगायतका चलचित्रमा उनले गरेको अभिनयको पनि खुबै चर्चा भयो ।

ऋतिकको व्यक्तिगत जीवन सधै चर्चामा रह्यो । आफ्नी श्रीमति सुजैनसँग बैबाहिक जीवनबाट अलग हुने निर्णय लिएसँगै ऋतिकको केही बर्ष तनावपूर्ण रुपमा वित्यो । सोही समयमा उनी र नायिका कंगना रनावतको प्रेम पनि सार्वजनिक भयो । तर, प्रेम विछोडमा परिणत भएपछि ऋतिक र कंगनाविच केही महिना मिडियामा वाकयुद्ध नै चल्यो । आफ्नो ४६ औं जन्मदिनमा मिडियासँग कुरा गर्दै ऋतिकले भनेका छन्–‘म हरेक चलचित्रमा केही नयाँ कुरा सिकिरहेको हुन्छु ।’

याे पनि पढ्नुहाेस्ः
संसदले एमसिसी पारित गर्नुपर्छ: रघुजी पन्त

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य रघुजी पन्तले मिलेनियम च्यालेन्स कर्पोरेसन(एमसिसी) अन्तर्गत अमेरिकाले अनुदानमा बनाइदिने परियोजना संसदले पारित गर्नु पर्ने बताएका छन्। सेतोपाटीसँग कुराकानी गर्दै पन्तले एमसिसीबारे बहस जायज भए पनि धेरै विवाद गर्न नहुने बताए।

‘५५ अर्बको परियोजना भनेको ठूलो हो। महत्वपूर्ण परियोजनामा लगानी हुँदैछ। त्यसैले यसलाई अगाडि बढाउनुपर्छ,’ पन्तले भने,‘अमेरिका विश्वको महत्वपूर्ण शक्ति हो। नेपालको विकासमा सहयोग गर्दै आएको पुरानो सहयोगी मित्र पनि हो। ऊसँग हाम्रो लामो सुमधुर सम्बन्ध पनि छ। एमसिसीलाई अड्काइराख्न पर्छ भन्ने मलाई लाग्दैन।’ परियोजनामा हस्ताक्षर हुँदा भने कमजो’री भएको पन्तले बताए।

विगतमा परियोजनालाई अगाडि सार्दा पनि भारतसँग सम्बन्धित हुने गरी सार्नु क’मजोरी भन्दै पन्तले एमसिसीको रकम नेपालभित्रकै परियोजनाका लागि राखेको भए उपयुक्त हुने बताए। ‘सहमति गर्ने बेलामा उनीहरूका कुरालाई अलि बढी सम्बोधन गर्न खोजेको देखिन्छ। त्यो बेलामा अलि ध्यान नपुगेको हो। उनीहरूले पनि प्रश्न उठाए होलान्। तर हामीले यसलाई प्रष्ट पार्नुपर्थ्यो,’ उनले भने, ‘हाम्रो संविधानमा के-के कुरा संसदले पारित गर्नुपर्छ भनेर उल्लेख छ। प्राकृतिक स्रोत साधनको विषयमा ठूल्ठूला सन्धी संसदमा ल्याउनपर्छ तर विकाससँग सम्बन्धित कुरा संसदमा ल्याउन पर्ने छैन।’

अहिले आएर अमेरिकीहरूलाई दोष दिनुभन्दा पनि आगामी दिनमा यस्ता विषयलाई कसरी अगाडि बढाउने भन्नेमा मन्त्री र कर्मचारीले ख्याल गर्नु पर्नेमा पन्तको भनाइ छ। एमसिसीको कुनै विषय र नेपालको कानुनसँग बाझिए एमसिसीकै विषय लागू हुने कुरामा नेपाली पक्षले विश्वासमा लिन नसकेको पन्तको तर्क छ। ‘हामी धेरैतिर चुकेका छौं। एउटा अनुदान संसदबाट पारित गर्नुपर्ने हो भने भोलि यस्ता सर्त धेरै आउन सक्छ,’ उनले भने।

एमसिसी परियोजनाको सहमतिमा इन्डो प्यासेफिक रणनीतिबारे उल्लेख नगरिएकाले धेरै चिन्ता लिन जरूरी नभएको पन्तको बुझाइ छ। ‘भोलि अमेरिकाले यसलाई जोड्न खोजेछ भने हामीले अरू विकल्प सोच्न सक्छौं,’ उनले भने। शक्ति राष्ट्रहरूले सहयोग गर्दा आफ्नो प्रभाव पार्न खोजे पनि त्यसमा हामीले नै हो’सिया’री अपनाउन जरूरी पर्ने पन्तले बताए। नेकपा स्थायी कमिटी बैठकमा यस विषयमा भएको छलफललाई भने गलत तरिकाले हेर्न नहुने उनको भनाइ छ।

पार्टीभित्र छलफल भएकाले जनतामा समेत यसबारे जानकारी भएको पन्तको दा’बी छ। मंसिर र पुसमा गरी ७ दिनसम्म बसेको स्थायी कमिटी बैठकमा एमसिसीबारे ठूलो बहस भएको थियो। एमसिसी आइपिएसको अंग हो कि होइन भन्ने विषयमा निष्कर्षमा पुग्न नसकेपछि यसलाई टुंग्याउने जिम्मेवारी सचिवालयलाई दिइएको थियो। फरक प्रसंगमा कुरा गर्दै नेता पन्तले पार्टी सञ्चालनको सवालमा नेकपाभित्र समस्या देखिएको र विधानलाई बेवास्ता गर्ने परिपाटी बढ्दै गएको बताए।

‘पार्टीमा पक्षपातपूर्ण ढंगले जिम्मेवारी दिइएको छ। यसले कसैलाई उपरीमाथि थुपरी छ कोही जिम्मेवारविहीन बनेका छन्,’ उनले भने ‘पार्टीका वरिष्ठ नेता माधव नेपालले यस विषयमा कुरा उठाइरहनुभएको छ। यसलाई हामीले पनि साथ दिएका छौं। किनकी यो सिंगो पार्टीको सवाल हो।’ मुख्यमन्त्री र मन्त्री भएकाहरूलाई पार्टीमा पनि कार्यकारी प्रमुख दिनु गलत भएको उनले बताए। पार्टीमा सामूहिक छलफल गरेर निर्णय गर्नेभन्दा पनि दुई अध्यक्ष बसेर निर्णय गर्ने गलत परम्परा बसेको पन्तले बताए।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal