मनोरञ्जन

केकी अधिकारी- बुबाबाट पढ्ने बानी सिके‌ं

केकी अधिकारी- बुबाबाट पढ्ने बानी सिके‌ं

निकै चर्चामा अभिनेत्री केकी अधिकारी आफ्नो बुबाका कारण पढाइमा रूची भएकाे बताउँछिन् । उनी भन्छिन्, मेरो बुबा पुस्तक पढ्न एकदमै रुचाउनुहुन्छ । सोही कारण सानैदेखि पढ्ने बानी बस्यो । हरेक महिना बुबाले २–३ वटा पुस्तक किन्नुहुन्छ । पुस्तकमा खर्च गर्नु सबैभन्दा राम्रो लगानी भएको र त्यसबाट आर्जन हुने ज्ञान कहिल्यै खेर नजाने उहाँले सम्झाउनुहुन्छ ।

फिल्मको व्यस्तताबाट फुर्सद मिल्नासाथ मेरो समय पुस्तक पढ्नमै केन्द्रित हुन्छ । बुबाले सिफारिस गर्नुभएका पुस्तक नै पढिरहेकी हुन्छु । त्यसबाहेक अन्तर्राष्ट्रिय बजारमा ‘बेस्ट सेलर’ बनेका पुस्तक छनोट गरेर पढ्छु । उनकाे याे भनाइ दर्शकलाइ निकै राम्राे लागेकाे बताएका छन् ।

फिल्म ‘झिंगे दाउ’को सुटिङ सुरु हुनुअघि अमर न्यौपानेको उपन्यास ‘गुलाबी उमेर’ पढेकी थिएँ, जसको कथाले निकै मन छोयो । पाउलो कोहलोको ‘इलाभेन्थ मिनट्स’ अहिलेसम्म पढेकामध्ये सबैभन्दा मन परेको पुस्तक हो । उन भन्छिन्ः हरेक महिना बुबाले २–३ वटा पुस्तक किन्नुहुन्छ । मलाई फिक्सनमै बढी रुचि छ ।

प्रतिक्रिया दिनुहोस