मनोरञ्जन

गोल्डेन ग्लोब २०२० को रेड कार्पेटमा प्रियंका चोपडाको बोल्ड लुक (फोटो फिचर)

गोल्डेन ग्लोब २०२० को रेड कार्पेटमा प्रियंका चोपडाको बोल्ड लुक (फोटो फिचर)

हलिउडको अवार्ड शोमध्ये एक ‘गोल्डेन ग्लोब २०२०’ अवार्डमा प्रियंका चोपडा पनि देखिएकी छिन् । प्रियंका गुलाबी रङको अफ शोल्डर गाउनमा पनि निकै आकर्षक देखिएकी थिइन् । क्यालिफोर्नियाको बेवर्ली हिल्टन होटलमा आयोजित ‘गोल्डेन ग्लोबल’ अवार्डको ७७ औं एडिशनमा सबै सेलिब्रिटी आफ्नो स्टाइलिश अवतारमा देखिए ।

प्रियंकाले यो गुलाबी पहिरनमा हिराको हार लगाएकी थिइन् । प्रियंका लामो समयपछि फिल्म ‘द स्काइ इज पिंक’ मा देखिएकी छिन् जसमा उनीसँगै जायरा वसिम र फरहान अख्तर पनि थिए । प्रियंका निकसँग प्रि–गोल्डन ग्लोब पार्टीमा पनि उपस्थित थिइन् ।

हेर्नुहाेस् उनका केहि तस्विरहरूः

याे पनि पढ्नुहाेस्ः
हिमेश रेशमियाले दिएका थिए दीपिकालाई पहिलो ब्रेक, म्युजिक भिडियो हेरेर शाहरुखले अफर गरेका थिए ‘ओम शान्ति ओम’

दीपिका पादुकोणले ५ जनवरीमा आफ्नो ३४ औं जन्मदिन मनाइरहेकी छिन् । दीपिका आजकाल आफ्नो नयाँ फिल्म ‘छपाक’ का कारण चर्चामा छिन् जसमा उनी एक एसिड पीडितको भूमिकामा देखिएकी छिन् । राष्ट्रिय स्तरको ब्याडमिन्टन खेलाडी हुँदासमेत उनले मोडलिङको बाटो पछ्याइन् । थुप्रै वर्षसम्म मोडलिङ गरेपछि उनी फिल्ममा आइन् । दीपिकाले सन् २००६ मा कन्नड फिल्म ‘ऐश्वर्या’ मार्फत् फिल्मी दुनियाँमा कदम राखेकी थिइन् ।

यस्तै, सन् २००७ मा उनले ‘ओम शान्ति ओम’ मार्फत् बलिउडमा डेब्यू गरेकी थिइन् । तर यसअघि उनी एक म्युजिक भिडियोमा देखिएकी थिइन् जसका कारण उनले ‘ओम शान्ति ओम’ फिल्ममा अभिनयको अफर पाइन् र बलिउडमा आफ्नो भिन्न स्थानमा बनाउन सफल भइन् ।

हिमेशले दिएका थिए ब्रेकः ‘ओम शान्ति ओम’ अघि दीपिकालाई फिल्म इन्डष्ट्रिमा ठूलो ब्रेक दिने व्यक्ति हिमेश रेशमिया थिए । उनले दीपिकालाई आफ्नो म्युजिक भिडियो ‘नाम हे तेरा’ मा कास्ट गरेका थिए । हालै जब दीपिका आफ्नो फिल्म ‘छपाक’ को प्रोमोशनका लागि ‘इन्डियन आइडल ११’ मा पुगिन् तब उनले हिमेशलाई पहिलो ब्रेक दिएकोमा धन्यवाद भनिन् । दीपिकाले भनिन्, ‘फराह खान र शाहरुख खानले ‘नाम हे तेरा तेरा’ म्युजिक भिडियो हेरेपछि नै मलाई उहाँहरुको फिल्ममा कास्ट गर्नुभएको थियो । त्यसकारण म हिमेश सरलाई यो मौका दिएकोमा धन्यवाद दिन्छु ।’

हिमेशले गरे दीपिकाको तारिफः इन्डियन आइडल ११ मा निर्णायकको रुपमा देखिएका हिमेशले दीपिकाको सफलतामाथि खुसी जताउँदै भने, ‘दीपिकाको समर्पण र दृढ निश्चयले नै आज उनी सबैको मनपर्ने नायिका बनेकी छिन् । यो गीतको अडिशनका लागि धेरै युवती आएका थिए तर दीपिका तीमध्ये उत्कृष्ट थिइन् त्यसकारण उनले त्यो मौका हासिल गरेकी थिइन् । ’

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७