मुख्य समाचार

नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभामा उम्मेद्वार

नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभामा उम्मेद्वार

पाेखरा १८ पुस- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभामा निर्वाचनका उम्मेद्वार भएका छन्। नारायणकाजी श्रेष्ठ गण्डकी प्रदेशका तर्फबाट उम्मेद्वार बनेका हुन्। नेकपाको सचिवालय बैठकले नारायणकाजी श्रेष्ठलाई राष्ट्रिय सभामा ल्याउने निर्णय गरेको हो। नारायणकाजी श्रेष्ठ यसअघि प्रतिनिधि सभा निर्वाचनमा गोरखा २ बाट उम्मेद्वार बनेपनि बाबुराम भट्टराईसँग पराजित भएका थिए। त्यस्तै नेकपाका स्थायी समिति सदस्य बेदुराम भुषाल पनि राष्ट्रिय सभामा आउने भएका छन्।

याे पनि पढ्नुहाेस्ः
बैतडीमा भारी हिमपात, किसान खुसी

बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा भारी हिमपात भएको छ । बैतडीको श्रीभावर, ढोल्यामोड, सिगासधुरा, खोड्पे,सतबाँझ, ग्वाल्लेक, जित्कीजुवाँड, कलालबसेलगायतका क्षेत्रमा भारी हिमपात भएको स्थानीयले बताएका छन्। बिहीबार राती भएको हिमपातले जनजीवन प्रभावित भएको छ । चिसोका कारण बाहिर निस्कन मुस्किल भएको स्थानीयले बताएका छन् । हिमपातले वस्तुभाउको स्याहारमा समेत समस्या भएको चौखामका स्थानीय लक्ष्मी शाह चन्दले जानकारी दिए ।

उनले भनिन्,’श्रीभावर क्षेत्रमा भारी हिमपात भएको छ । स्थानीयलाई बाहिर निस्कन समेत मुस्किल भएको छ । हिमपातका कारण जनजीवन कष्टकर भएको छ। जिल्लाको खोड्पे क्षेत्रमा पनि भारी हिमपात भएको स्थानीय हरिश बिष्टले बताए । हिमपातका कारण पाइपबाट आउने खानेपानी समेत अवरुद्ध भएको उनले बताए । ‘हिमपातले निकै समस्या भएको छ । खानेपानीको समस्या एकातिर भएको छ भने चिसोले बाहिर निस्किन अप्ठ्यारो भएको छ,’उनले भने, ‘हिमपातका कारण सवारी साधन आवागमनमा समेत बाधा पुगेको छ । सडकमा बाक्लो हिउँ परेकाले सवारी साधन सञ्चालनमा कठिनाई भएको छ ।’

हिमपातले जिल्लाको सिगास गाउँपालिकाको केन्द्रमा जान समेत मुस्कील भएको स्थानीयहरुले बताएका छन् । हिमपातले गाउँपालिकाको केन्द्र ढाकेको बताइएको छ । हिमपातले बैतडीमा बिहीबार रातीदेखि नै विद्युत सेवा अवरुद्ध बनेको छ । विद्युत सेवा अवरुद्ध हुँदा सेवाग्राही मारमा परेका छन् । यस्तै नेपाल टेलिकमको जीएसएम, स्काइ मोबाइल सेवा पनि आंशिक रुपमा अवरुद्ध भएको छ । यस्तै इन्टरनेट सेवा पनि आंशिक रुपमा अवरुद्ध भएको छ ।

वर्षा र हिमपातले किसान खुसी- हिमपातले किसान भने खुसी भएका छन् । हिउँदे वर्षासँगै हिमपातले बालीनाली सप्रने भएकाले किसान खुसी भएका हुन् । वर्षा र हिमपातले हिउँदेबाली सप्रने कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए । ‘वर्षा र हिमपातले हिउँदेबाली र हिउँदे तरकारीमा फाइदा पुगेको छ।सिंचाइ नभएका क्षेत्रमा यसले सिँचाईको काम गरेको छ ।

वर्षा र हिमपातले सिँचाईको काम गरेकाले हिउँदेबालीको उत्पादनमा वृद्धि हुने आसा पलाएको किसान देवदत्त भट्टले बताए । ‘हामी कहाँ सिँचाई सुविधा छैन् । वर्षा र हिमपातले सिँचाईको काम गरेको छ, ‘उनले भने, ‘यो वर्षा र हिउँले बालीनालीमा धेरै सहयोग पुर्‍याएको छ।’

प्रतिक्रिया दिनुहोस