भिडियो समाचार

आमा बुवाले छोडे, दाजुभाईको बिचल्ली, शिसिर पुग्दा भक्कानिए (भिडियो)

आमा बुवाले छोडे, दाजुभाईको बिचल्ली, शिसिर पुग्दा भक्कानिए (भिडियो)

१७ बर्षको दाई नबिन गिरी बिगत धेरै महिनादेखि व्लड क्यान्सर भएर जीवन र मरणको दोसाधमा रहेका आफ्नो १३ बर्षको भाईलाई बचाउन चारतिर हार गुहार गर्दै…

बुवाले कान्छी आमा बिहे गरेर अर्को घरबार गरे अनि सुखका साथ बस्दैछन् । आमाले पनि अर्कै बिहे गरेर गईन्, नयां दुनियां बसाईन् । अनि त्यहि आमा बुवाबाट जन्मेका एउटा १७ बर्षको दाई नबिन गिरी बिगत धेरै महिनादेखि व्लड क्यान्सर भएर जीवन र मरणको दोसाधमा रहेका आफ्नो १३ बर्षको भाईलाई बचाउन चारतिर हार गुहार गर्दै सहयोगकाे अपिल गर्दै छन् ।

आमाको माया न बाबुको माया । बिचरो एउटा दाईको साहारा । उपचार खर्च छैन । बोनम्यारो ट्रान्सप्लान्ट गरेर भाईलाई बचाउन डाक्टरले २६ लाख खर्च लाग्ने नबिनलाई बताएका छन् ।

काठमाडौंको नयां बानेश्वरको सिभिल हस्पिटलमा पुग्दा बेड नं २२७ मा खेल्ने, कुद्ने, रमाउने, पढ्ने कलिलो उमेरका हेमराज गिरी व्लड क्यान्सरसंग जुध्दै जिन्दगी र मृत्युकोअन्यौलतामा पल्टिरहेका देखिन्छन् । सानो भाईलाई जसरी भएपनि बचाउंछु भनेर सबैसंग १-१ पैसा मागेर भाईलाई हस्पिटलमा भर्ना गराएका दाई नविन भोक, निन्द्रा नभनी भाईको रेखदेखमा लागेका छन् ।

कालिकोट सानी त्रिवेणी गाउंपालिका वडा नं १ का हेमराज गिरीलाई २ बर्ष अगाडि व्लड क्यान्सर रोगले समात्यो । सानैमा बुवा आमाले छोडेपछि टुहुरो बनेका यि दाजु भाई माथि आकाश खसे जस्तै भयो । नबिन आफ्नो सानो भाईलाई साह्रै माया गर्छन् । भाईलाई केहि भयो भने उनी बांच्न सक्दिंन भन्छन् । दाजु भाई मात्रै कोहि छैन साहारा, सोच्नुस त नबिन र हेमराजको पिडा । बिचरा ती भाईले मनमा के कुरा खेलाउंदा हुन् ।

न आमाको माया न बाबुको माया । बिचरो एउटा दाईको साहारा । उपचार खर्च छैन । बोनम्यारो ट्रान्सप्लान्ट गरेर भाईलाई बचाउन डाक्टरले २६ लाख खर्च लाग्ने नबिनलाई बताएका छन् । दर्शकबृन्द..सबैले यो भिडियोलाई लाखौं शेयर गरेर करोडौं नेपाली मांझ पुर्याऊं । सके सहयोग गरौं नसके शेयर त पक्कै गरौं ।

सहयाेगकाे लागिः

मेघा बैंक, खाता नं – 0050050209680
खातावालाको नाम – नबिन गिरी, शाखा -नयां बानेश्वर
नबिन गिरी -9805130922 शिशिर भण्डारी -9811006929

हेर्नुहाेस् भिडियाेः

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७