मुख्य समाचार

इपीएसमा पास हुनेलाई झड्का: कोरियाले जम्मा ६ हजार ७ सयलाई मात्र लैजाने

इपीएसमा पास हुनेलाई झड्का: कोरियाले जम्मा ६ हजार ७ सयलाई मात्र लैजाने

सन् २०२० मा दक्षिण कोरियाले ६ हजार ७ जना नेपालीलाई मात्र वैदेशिक रोजगारीका लागि लैजाने भएको छ ।यो वर्षका रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जानका लागि कोरियन भाषा परीक्षामा १२ हजार ९ जना परीक्षार्थी उत्तीर्ण भएका छन् ।

जसमध्ये कोरियाको मानव शसाधन केन्द्रले ६ हजार ७ सय श्रमिकको मात्र रोष्टर (दर्ता) गर्ने जानकारी गराएको वैदेशिक रोजगार इपीएस शाखाले जानएको छ ।

ईपीएसको लिखिप परीक्षामा पास भएकाहरुको सीप परीक्षा भदौ ४ देखि १८ गतेसम्म हुँदैछ । कोरियन भाषा उत्तीर्ण गरेका परीक्षार्थीले सीप परीक्षणमा सहभागी हुन असार २० देखि २९ गतेसम्म रजिस्ट्रेसन फाराम भरीसक्नुपर्ने शाखाले सूचना प्रकाशन गरेको छ ।

एचआरडीले औद्योगिक क्षेत्रका लागि ४ हजार ७ सय र कृषिमा २ हजार जनालाई सीप परीक्षण सहभागि गराउन शाखालाई जानकारी गराएको शाखाले जनाएको छ ।

उक्त सीप परीक्षाका लागि कोरियाको एचआरडीले ६ हजार ७ सयको मात्र नाम रोष्टरमा चढाउन शाखालाई निर्देशन दिएको शाखाका सूचना अधिकृत शोभाकर भण्डारीले जानकारी दिए ।

सन् २०२० का लागि सञ्चालित ईपीएस परीक्षामा औद्योगिक क्षेत्रमा ९ हजार १ सय ३३ र कृषि तथा पशुपालन क्षेत्रमा २ हजार ८ सय ७६ जना परीक्षार्थी उत्तीर्ण भएका थिए ।

कोरियन भाषा परीक्षामा नाम निकालेका सबै रोजगारीका लागि कोरिया जान योग्य नहुने शाखाका सूचना अधिकारी भण्डारीले बताए । पछिल्लो समय कोरिया सरकारले भाषामा भन्दा सीप परीक्षणमा जोड दिएको उनको भनाइ छ ।

अबघ परीक्षामा पास हुनेले १ सय १० अंकको सीप परीक्षणको परीक्षामा सहभागी भई अनिवार्य पास हुनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal