राजनीति

बाबुराम भट्टराईसँग करिश्माको गुनासो

बाबुराम भट्टराईसँग करिश्माको गुनासो

२०७२ सालको माघमा नयाँ शक्ति पार्टी घोषणा गर्नुअघि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पार्टीको राजधानीको नयाँ बानेश्वरबाट ‘न्युक्लियस’ घोषणा गरे। ‘न्युक्लियस’को केन्द्रमा भट्टराई थिए। तर उनीजत्तिकै चर्चा पाइन्, राजनीतिमा इन्ट्रीमात्र गरेकी नायिका करिश्मा मानन्धरले।

चुनावी प्रचारका लगभग सबै कार्यक्रममा आफ्नो ‘करिश्मा’ देखाउन गाउँ/सहर डुलिन्। मिडियामा अन्तर्वार्ता दिइन्, नयाँ शक्तिको राजनीतिक विचारधाराको वकालत गरिन्।

२०७३ जेठ ३० गते बाबुराम भट्टराईको पार्टी दशरथ रंगशालाबाट घोषणा हुँदा करिश्माले कार्यक्रमको उदघोषण गरिन्। भलै उक्त कार्यक्रम उदघोषणपछि उनको आलोचना भयो।
आलोचनाबाट सिक्ने भन्दै करिश्माले पछि राजनीतिक चरित्र प्रस्तुत गर्न थालिन्।

नायिकाको प्रतिष्ठा कमाएकी करिश्मालाई नयाँ शक्तिले निर्वाचनमा भरपुर प्रयोग गर्‍यो। चुनावी प्रचारका लगभग सबै कार्यक्रममा आफ्नो ‘करिश्मा’ देखाउन गाउँ/सहर डुलिन्। मिडियामा अन्तर्वार्ता दिइन्, नयाँ शक्तिको राजनीतिक विचारधाराको वकालत गरिन्। तर बाबुराम भट्टराईले नयाँ शक्तिलाई संघीय समाजवादी फोरमसँग गाभेपछि भने करिश्मा बाबुराम भट्टराईको राजनीतिक समूहबाट टाढिएकी छिन्।
र हालैै उनले बाबुरामसँग गुनासो समेत गरेकी छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस