खेलकुद

मेसीको कप्तानीमा बार्सिलोनालाई लाग्यो अर्काे झड्का

मेसीको कप्तानीमा बार्सिलोनालाई लाग्यो अर्काे झड्का

स्पेनिसको सबैभन्दा पूरानो घरेलु लिग कोपा डेल रेको उपाधि भ्यालेन्सियाले जितेको छ। शनिबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियन बार्सिलोनालाई २–१ ले पराजित गरी भ्यालेन्सिया उपाधि जित्न सफल भएको हो। बेनिटो भिल्लामारिनमा मैदानमा भएको खेलमा बार्सिलोना पहिलो हाफमा नै २–० ले पछि परेको थियो। भ्यालेन्सियाका लागि २१औँ मिनेटमा केविन गामेइरो र ३३औँ मिनेटमा रोड्रिगोले गोल गरी टोलीलाई अग्रता दिलाएका थिए ।

कप्तानसमेत रहेका मेसीले ७३ औं मिनेटमा गोल गरे पनि त्यसले हार टार्न सकेन। अघिल्ला चार सिजन लगातार उपाधि जितेको बार्सिलोना लगातार पाचौं पटक उपाधि जित्ने मौकाबाट चुक्यो। बार्सिलोना कोपा डेल रेको सर्वाधिक सफल टोली हो। बार्सिलोनाले ३० पटक उपाधि जितेको छ।

ला लिगाको उपाधि जितेको बार्सिलोना केही दिनअघिसम्म उपाधि ह्याट्रिक गर्ने होडमा थियो। युरोपियन च्याम्पियन्स लिगको सेमिफाइलनमा अस्वभाविक पराजय भोगी उपाधि होडबाट बाहिरिएको बार्सिलोनालाई अर्काे झड्का लागेको छ।

पहिलो लेगमा लिभरपुललाई ३–० ले पराजित गरी सहज वातावरण बनाएकोमा दोस्रो लेगमा ४–० ले पराजित भई मौका गुमाएको थियो। गत सिजनका कप्तान एन्द्रेस इनइस्टाले क्लब छाडेपछि यस सिजनको कप्तानको जिम्मेवारी मेसीले पाएका थिए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal