प्रदेश ४

१०८ फिट अग्लो महादेवको मूर्तिसहित यस्तो बन्दै छ पोखराको पुम्दीकोट

१०८ फिट अग्लो महादेवको मूर्तिसहित यस्तो बन्दै छ पोखराको पुम्दीकोट

कुल ४० करोड लागत अनुमान गरिएको पोखरा महानगरपालिका वडा नम्बर २२ पुम्दीकोटमा निर्माणाधीन विशाल महादेव मूर्तिसहितका संरचनाको काम चलिरहेको छ । पुम्दीकोटको विशिष्ट धार्मिक पर्यटकीय गन्तव्य बनाउने उदेश्यले मूर्ति सहितका संरचना निर्माणको काम तीब्र बनाईएको हो ।

समुद्री सतहबाट एक हजार ५ सय मिटर उचाइमा रहेको पुम्दीकोटमा महादेव मूर्ति निर्माण परिसरमा ५ करोडको लागतमा भवन तथा पूजा सामग्री बिक्री कक्ष, गुरु महाराज आश्रम गृह लगायतका संरचना निर्माण गरिसकेको निर्माण समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए।

नेपाल नागरिक उड्डयन प्राधिकरणको सुझाव अनुसार पुम्दीकोटमा तीन करोड १८ लाख लागतमा शिव भगवनको १०८ फिट अग्लो पूर्ण कद सहितको मूर्ति स्थापना गर्ने साथै शिवको विशाल मूर्ति वरपर १०८ शिवलिङ्ग निर्माण गरिने उनको भनाई छ ।समितिको गुरुयोजनामा उल्लेख भए अनुसार उक्त स्थलमा १०८ स्वर्गद्वारी सिँढी, रुङ्गाटा बैकुण्ठ हल, गुरु महाराज आश्रम, हरियाली बगैँचा, शान्तिस्तम्भ, ज्येष्ठ नागरिक मिलन केन्द्र निर्माण हुने छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७