विचित्र संसार

मोटरसाइकल र सुनको सिक्री नपाएपछि मण्डपबाटै भागेका बेहुला पक्राउ

मोटरसाइकल र सुनको सिक्री नपाएपछि मण्डपबाटै भागेका बेहुला पक्राउ

विवाह मण्डपमै बेहुली छाडेर भागेका बेहुला पक्राउ परेका छन् । उनि माग बमोजिमको दाइजो नदिएको भन्दै विवाह गर्न अस्वीकार गर्दै हिडेका मोरङ जहदा गाउँपालिका–४ का वर्ष २४ को लक्ष्मण राजवंशी प्रहरी फन्दामा परेका हुन् । गत जेठ ४ गते जहदाकै २१ वर्षीय युवतीसँग विवाह भइरहेको अवस्थामा राजवंशीले माग बमोजिमको दाइजो नपाएको निहुमा उनी एकाएक मण्डप नै छाडेर फरार भएका थिए ।

दुवै पक्षको परिवारबीच कुराकानी मिली राजीखुसीका साथ गत जेठ ३ गते विवाह गर्ने तय भएअनुसार सम्पूर्ण तयारी पूरा भएको समयमा लक्ष्मण एकाएक फरार भएपछि पिडित पक्षले दिएको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो। उनले बेहुली पक्षलाई मोटरसाइकल, सुनको सिक्री र डायनिङ टेबल दिनुपर्ने भन्दै बेहुली पक्ष दबाब दिएको र दाइजो नपाउने संकेत देखिएपछि मण्डप नै छाडेर हिडेको माइती पक्षको अारोप छ ।

उनलाइ मुलुकी अपराध ऐन २०७४ अन्तर्गतको विवाह सम्बन्धी कसुर बमोजिम जिल्ला अदालत मोरङबाट म्याद थप गरी अनुसन्धान थालीएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal