भिडियो समाचार

‘टिकटक’ सेलिब्रिटी मोहितको गोली हानी हत्या

‘टिकटक’ सेलिब्रिटी मोहितको गोली हानी हत्या

टिकटकमा सेलिब्रिटी बनिसकेका एक जिम ट्रेनरको दिल्ली नजफगढ इलाकामा गोली हानी हत्या गरिएको छ ।मंगलबार बिहान सवा पाँच बजे हत्या गरिएका मृतकको नाम मोहित मोर भएको बताइएको छ ।

एक प्रहरी अधिकारीले भने, ‘मोहित जब आफ्ना साथीसँग कुरा गरिरहेका थिए तब तीन बन्दुकधारी पसलमा छिरेर १३ पटक गोली हाने । मोहित पसलकै एक सोफामा ढले । उनलाई नजिकैको अस्पताल पुर्याइयो जहाँ डाक्टरले उनलाई मृत घोषणा गरे ।

प्रहरीका अनुसार घटनामा संलग्न तीन हमलाकर्ताले कालो रङको हेलमेल लगाएका थिए । उनीहरु एउटा स्कुटीमा आएका थिए । सिसिटिभी फुटेजमा उनीहरु एउटा गल्लीबाट भागेको देखिएका छन् । मोहितको टिकटक र इन्स्टाग्राम अकाउन्टका साथै उनको कल डिटेल्सको पनि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal