कोरिया बिशेष

कोरियन भाषा परीक्षा तीन जिल्लाका ३२ परीक्षा केन्द्रबाट हुने

कोरियन भाषा परीक्षा तीन जिल्लाका ३२ परीक्षा केन्द्रबाट हुने

पोखरा : सन् २०२० मा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत रोजगारीमा जान दक्षिण कोरियाका लागि भाषा परीक्षाको लागि परीक्षा केन्द्र तोकिएको छ। जेठ २५ र २६ गते सञ्चालन हुने कोरिया भाषा परीक्षाका लागि आवेदन दिएका परीक्षार्थीका लागि ३२ वटा परीक्षा केन्द्र तोेकेको छ।

परीक्षा सञ्चालन गर्नका पोखरामा चारवटा, ललितपुरमा सातवटा र काठमाडौं जिल्लामा २१ वटा भाषा परीक्षा केन्द्र तोकिएको ईपीएस कोरिया शाखाले जनाएको छ।

शाखाका अनुसार ९२ हजार ३७६ जनाले कोरियाली भाषा परीक्षाका लागि आवेदन दिएका छन्। सबैभन्दा बढी उत्पादनतर्फ ६३ हजार ४८७ जनाको आवेदन परेको छ भने कृषितर्फ २८ हजार ८८६ जनाको आवेदन परेको छ। आवेदन दिनेमध्ये ७७ हजार ३९३ पुरुष र १४ हजार ९८३ महिला रहेका छन्।

यो पटक आवेदन दिनेको सङ्ख्या गत वर्षभन्दा १० हजार ११२ जनाले बढी हो। दक्षिण कोरिया मानव संसाधन विभाग (एचआरडी)का अनुसार सन् २०२० मा १० हजार ५० जना नेपालीलाई रोजगारका लागि दक्षिण कोरिया लग्ने भएको छ।

प्रतिक्रिया दिनुहोस