प्रदेश

म्यासेन्जरबाट महिलालाई अश्लिल सामाग्री पठाउने पर्वतका सुरेन्द्र पक्राउ

म्यासेन्जरबाट महिलालाई अश्लिल सामाग्री पठाउने पर्वतका सुरेन्द्र पक्राउ

सामाजिक सञ्जाल फेसबुकबाट एक महिलालाई म्यासेज पठाएर दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले एक युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्वतकै मोदी गाउँपालिका६ तिलाहार घर भई डिमुवामा बस्दै आएका २६ वर्षीय सुरेन्द्र नेपाली रहेका छन् नेपाली नाम गोप्य राखिएकी ती महिलालाई विभिन्न समयमा म्यासेजमार्फत दुर्व्यवहार गरेको आरोप छ ।

महिलाले कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी थिइन्। अभियुक्तलाई सोमबार घरबाटै पक्राउ गरेकोमा मंगलबार विद्युतीय ऐनअन्तर्गत अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस