खेलकुद

को हुन् यी सुन्दरी ? जो आईपिएलको फाइनलमा छाईरहिन्

को हुन् यी सुन्दरी ? जो आईपिएलको फाइनलमा छाईरहिन्

ईन्डियन प्रमियर लिगको फाइनल प्रतिष्पर्धा अन्तिम बलसम्म रोमाञ्चक रह्यो। एक रनले मुम्बई ईण्डियन्स चेन्नई सुपरकिङ्सलाई हराउँदै उपाधि विजेता बन्यो।

यस म्याचको रोमाञ्चका लागि विभिन्न कारण रहे दर्शकदीर्घामा रहेकी मुम्बईकी एक युवती फ्यानले मान्छेहरूको ध्यान खुबै खिचिन्।

आईपिएलका क्यामरा क्रुको ध्यान एक महिला फ्यानतर्फ खुबै ढल्कियो। जसका कारण टिभी स्क्रिनमा यिनलाई थुप्रैपटक देखियो। थुप्रैपटक स्क्रिनमा छाएकी यी सुन्दरी युवतीलाई लिएर कतिले क्यामरा क्रुलाई ‘म्यान अफ द म्याच’ दिनुपर्ने टिप्पणी गरे भने कतिले मुम्बईकी यी फ्यान युवतीको सुन्दरताको प्रशंसा गरे।

टिभीमा पटकपटक देखिएकी यी युवतीको बारेमा पनि फ्यानहरूले जाँच सुरू गरेका छन्। यसै क्रममा एकल फ्यानले ट्वीटरमा यी युवतीलाई संकेत गर्दै ‘केहि पत्ता लाग्यो?’ भनेर समेत सोधेका छन्। त्यस्तै अर्का एक फ्यानले त युवतीलाई मुम्बईको ‘लक्की चार्म’ नै लेखे।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal