प्रवास

दुबईमा भगवानको प्रार्थना गर्दा गर्दै ३ तलाबाट खसेर एक नेपाली गम्भिर घाईते

दुबईमा भगवानको प्रार्थना गर्दा गर्दै ३ तलाबाट खसेर एक नेपाली गम्भिर घाईते

यूएई – गएको चैत २० गते । दुबईको डीआइपी । काठमाण्डौका विकास केसी तीन तला माथि बार्दलीमा बसेर चिया पिउँदै थिए

चिया पिएपछि गिलास छेवैमा राखे अनि भगवान सम्झिएर प्रार्थना गर्न थाले । एकचित्त भएर भगवान पुकारी रहेका विकास एक्कासी तीन तलामाथिको बार्दलीबाट जमिनमा बजारिन पुगे।

विकासलाई साथीहरुले नजिकैको एनएमसी रोयल अस्पताल पु¥याए । विकासको दुवै खुट्टा र मेरुद्दण्ड भाँचिएको छ । नाकमा समेत गहिरो चोट लागेको छ ।

जबिललाली डीपी वानमा रहेको एनएमसी अस्पतालमा १ लाख ५० हजार दिर्हाम बराबरको स्वास्थ्य बीमा कार्डको सहायताले प्राथमिक उपचार भयो । दुवै खुट्टा र मेरुदण्डमा अहिले स्टील राखेर उपचार हुँदैछ । नाकमा लागेको चोट सुधार हुँदैछ ।

अस्पतालमा कार्यरत नेपाली चिकित्सकले दूतावासमा जानकारी गराउन सुझाव दिएपछि विकासले साथीको सहयोगमा नेपाली दूतावास यूएईलाई आफ्नो अवस्थाबारे जानकारी गराएा छन्।

आफ्नो बारेमा जानकारी लिन पुग्नुभएका नेपाली दूतावासको नियोगका उपप्रमुख सागरप्रसाद फुयाँलसँग विकासले भगवानको प्रार्थना गर्दा आफू लडेको बताए। विकासले भने, ‘यो बिरानो ठाउँमा मेरो कोही छैन, म बाँच्न चहान्छु,मलाई बचाइदिनुस् ।’

दूतावासले यहाँको स्थानीय निकायमार्फत उपचार खर्च कम्पनीले गर्नुपर्ने अडान राख्दै अनुरोध गरेपछि अहिले कम्पनीले उपचार खर्च व्यहोर्ने भएको छ । उनको शुक्रबारदेखि उपचार प्रकृया फेरि सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस