विशेष सामाग्री

हजुरको मोबाइल हरायो ? यसरी गर्नुहोस उजुरी !

हजुरको मोबाइल हरायो ? यसरी गर्नुहोस उजुरी !

आजभोली मोबाइल फोन नबोक्ने मान्छे त दुई–तीन वटासम्म मोबाइल सेट बोकेर हिँडेको देखिन्छ । अत्याधुनिक प्रविधिका स्मार्टफोन बोक्नु सामान्य जस्तै भइसक्यो ।

मूल्य पर्ने भएकाले बिक्री गर्ने उद्देश्यले व्यक्ति वा गिरोहले नै पनि भिडभाड सवारी साधन तथा एकान्तमा भेट्दा लुट्ने प्रवृत्ति पनि बढेको छ ।

यसरी हराएका, चोरिएका वा लुटिएका मोबाइलहरु आखिर जान्छन् कहाँ ? भेट्ने चोर्ने वा लुट्नेले आफै चलाउँछन् या बिक्री गर्छन् ? भने कुन माध्यमबाट गर्छन् ? त्यस्ता सामानका ग्राहक कस्ता हुन्छन् ?

हराए वा चोरी भएमा उजुरी गर्ने प्रकृया के कस्तो छ ? उजुरी गरेपछि भेटिने सम्भावना कत्तिको छ कति समय लाग्छ प्रकृया झण्झटिलो छ भन्ने लाग्नसक्छ ।

आर्थिक वर्ष २०७५/७६ को तथ्यांक हेर्ने हो भने एक महिनामा कम्तीमा एघार सयदेखि सोह्र सयसम्म मोबाइल हराएको रेकर्ड छ । यो तथ्यांक महानगरीय प्रहरी परिसरको मोबाइल खोजतलास शाखामा रीतपूर्वक आएका उजुरीहरुको मात्र हो ।

मोबाइल हराएको, चोरी वा लुटपाट भएको थाहा पाउनेबित्तिकै सम्बन्धित सेवा प्रदायक संस्थाबाट सिम ब्लक गर्न लगाएर महानगरीय प्रहरी महाशाखा त्रिपुरेश्वरको मोबाइल खोजतलास शाखामा मोबाइलको आईएमईआई नम्बर वा मोबाइलको बक्स र मोबाइल खरिद गरेको आधिकारिक बिलसहित निवेदन दिनुपर्छ । दर्ता नम्बरसहितको चिट दिएर कम्तीमा १५ दिनपछि सम्पर्क गर्नुपर्छ ।

दैनिक रीत पुर्याएर दैनिक रुपमा आएका उजुरीहरु आधिकारिक आईएमईआई ट्रेस गर्ने अनुमतिका लागि अदालतमा पठाइन्छ र अनुमतिको तोक लागेर आएका आईएमईआई ट्रेस गर्न सहयोगका लागि प्रयोग भएका सिमअनुसार सम्बन्धित टेलिकम संस्थाहरुसँग समन्वय गरी चोरिएका वा भेटिएका मोबाइल सेटहरु प्रयोग भइरहेको खण्डमा प्रयोगकर्तालाई परिसरमा हाजिर गराइनुका साथै मोबाइल सेट जफत गरी सम्बन्धित उजुरीकर्तालाई खबर गरी हस्तान्तरण गरिन्छ ।

प्रतिक्रिया दिनुहोस